• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    रोहित बने एकदिवसीयमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी

    847
    SHARES


    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक प्रहार गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् ।

    नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि नेपालका लागि पारस खड्काले २०१९ यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।

    रोहितको शतकसँगै नेपालले ४० ओभर ५ बलको समाप्तिमा ६ विकेट गुमाएर २१७ रन बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ