• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युक्रेनले भन्यो- नेपाली हिमालमा रुसी झण्डा फहराइनु चिन्ताको विषय

    1.5K
    SHARES


    काठमाडौँ । नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्धन लगाउ युक्रेनले नेपाललाई आग्रह गरेको छ। भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकालयलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो।

    युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिका सहित हजारौं नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रुपमा विस्थापित हुन परेको उल्लेख गरेको छ।

    रक्तपातपूर्ण युद्ध सुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रीय खेल संघहरुले सहभागीतामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको भन्दै युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रुसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन अनुरोध गरेको छ।

    नेपालमा रुसी पर्वतारोहीलाई अन्य देशका पर्वतारोहण टीमद्वारा स्वागत नगराउन उसले आग्रह गरेको छ। युक्रेनले नेपाली हिमालहरु पवित्र र दिब्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झण्डा फहराउनु चिन्ताको विषय भएको उल्लेख गरेको छ।

    पत्रमा भनिएको छ, ‘युक्रेनमा सामूहिक निर्मम हत्याका लागि जिम्मेवार रुसको झण्डा पवित्र र दिव्य नेपाली हिमालमा फेहराउनु गम्भीर चिन्ताको विषय हो।’ यता रुसको रक्षा मन्त्रालयका अनुसार पश्चिमी युक्रेनमा हाइपरसोनिक ब्यालेस्टिक मिसाइलका कारण युक्रेनका ठूला भूमिगत हतियार डिपो नष्ट भएका छन्।

    बीबीसीहिन्दीका अनुसार कुनै युद्धमा यस्तो क्षेप्यास्त्र प्रयोग भएका यो पहिलो घटना हो। प्रहार गरिएको ब्यालेस्टिक मिसाइलको नाम किंजल भएको जनाइएको छ। यी मिसाइललाई सम्भवतः मिग–३१ लडाकु विमानको मद्दतले छाडिएको हुनसक्छ।

    रुसका अनुसार उनीहरुले प्रयोग गरेको हाइपरसोनिक क्षेप्यास्त्र ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको बेगमा २,००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार हान्न सक्षम छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गत डिसेम्बरमा रुस हाइपरसोनिक मिसाइलमा वर्ल्ड लिडर भएको र आफूसँग ट्र्याक गर्न मुश्किल र उडानको बीचमा नै दिशा फेर्न सक्ने मिसाइल भएको दाबी गरेका थिए।

    म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी अनुसन्धानकर्ता डाक्टर लरा ग्रेगो यस विषयमा भन्छिन्, ‘रुसको पछिल्लो क्षेप्यास्त्रले आफ्नो मार्ग फेर्न सक्छ। यसको आकार विशेष तरिकाले डिजाइन गरिएको छ ताकि यो वायुमण्डलमा असाध्यै तीब्र गतिमा पनि तल माथि र दायाँ बायाँ मोडिन सक्छ।’

    यो क्षमताले रुसी क्षेप्यास्त्रलाई दुश्मनको नजरबाट लुकेर हमला गर्न मद्दत पुग्छ। तर, लराका अनुसार मिसाइललाई ट्र्याक गर्न खासै मुश्किल भने हुँदैन।

    सन्देश के हो?
    चारवर्ष अगाडि रुसी राष्ट्रपति पुटिनले किंजल क्षेप्यास्त्रलाई अत्याधुनकि र शक्तिशाली हतियारको एउटा श्रृङ्खलाको रुपमा पेश गरेका थिए। उनले यो दुश्मनको रक्षा कवचलाई छेड्न पनि सक्षम रहेको बताएका थिए। रुससँग भएका अन्य हाइपरसोनिक मिसाइल जिरकोन र अवान्गार्ड हुन् र यी पनि तीब्र र अत्यधिक टाढासम्म पुग्नसक्छ।

    किंजल पारम्परिकसँगै परमाणु हतियार आफूसँगै लैजान सक्षम छ। ज्यूरिकस्थित सेन्टर फर सेक्युरिटी स्टडीजका डोमिनिका कुनेर्तोभा भन्छन्, ‘यो पश्चिम राष्ट्रका लागि चेतावनीको संकेत हो किनभने पश्चिमी देशले युक्रेनलाई हतियार पठाउने हिम्मत गरेकोमा पुटिन यसपटक निकै रुष्ट छन्।’

    युक्रेनमा हाइपरसोनकि हतियार प्रयोग गरेर पुटिनले पश्चिमा राष्ट्रलाई युक्रेन मामिलाबाट टाढै रहन सजग गराएको हुन सक्छन्। त्यसो त रुस विश्वमा सबैभन्दा बढी परमाणु हतियार भएको राष्ट्र हो। आफ्नो देशमाथि खतरा बढेमा र अस्तित्व संकट आउने देखेमा रुसले परमाणु हतियार प्रयोग गर्ने बताइसकेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ