• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

    664
    SHARES


    काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल उत्रँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् ।

    परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङले गर्न लागेको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीच भएका पुराना सम्झौतालाई कार्यान्वयनको तहमा लान करिब एक दर्जन विषयमा सम्झौता गर्ने गृहकार्य भइरहेको छ ।

    सम्झौता गर्ने विषयमा नेपालस्थित दूतावाससँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ गर्न आग्रह गरेको छ ।

    नेपालले त्यस विषयमा बिहीबार बेलुकीसम्म कुनै निर्णय नगरेको स्रोतको भनाइ छ । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म त्यसबाट कुनै लाभ लिन सकेको छैन । बीआरआई अघि बढाउन ‘कार्यान्वयन सम्झौता’ अत्यन्तै महत्त्वपूर्ण रहेको चिनियाँ दूतावासका एक अधिकारीले बताए ।

    विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । उनले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । संघीय संसद्बाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरेको एक महिनाभित्रै चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ