• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चुनावको मुखैमा यसकारण चीन जाँदैछन् वर्षमान पुन

    414
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि फेरि चीन जाने भएका छन्। यसअघि उनले चीनमै उपचार गराएका थिए। वर्षमान फलोअप उपचारका लागि आज चीन जान लागेका हुन्।

    सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत् वर्षमान आज चीन जान लागेका छन्। वर्षमानसँगै उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती र डाक्टर रोशन पोखरेल पनि चीन जान लागेका हुन्।

    उनीहरू शुक्रबार बिहान ९ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ। पुस्तैनी जण्डिसका कारण पीडित वर्षमानले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए।

    जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि वर्षमानलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो।

    दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि वर्षमानलाई मंसिर १० मा चीनबाट विशेषज्ञ चिकित्सक सहितको टोली आएर सेनजेन लगेको थियो।

    स्वास्थ्य लाभ गरी वर्षमान माघ १० मा स्वदेश फर्किएका थिए। स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको वर्षमानकी पत्नी ओनसरीले बताइन्।

    स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने भए पनि वर्षमानको शरीरमा उक्त मात्रा अत्याधिक छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ