• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    तत्काल देश छाडेर भाग्नेबारे राष्ट्रपति जेलेन्स्कीले गरे यस्तो खुलासा

    734
    SHARES


    काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको आज बिहीबार ३० दिन पुरा भएको छ। गत फेब्रुअरी २४ देखि नै रुसी सेनाले युक्रेनमाथि आक्रमण थालेका थिए। आज अप्रिल २४ भइसक्दा पनि रुसले युक्रेन पुरै आफ्नो नियन्त्रणमा लिन सकेको छैन।

    युक्रेनी सेनाले लगातार रुसको प्रतिकार गरिरहेको छ। यस्तोमा रुसले युक्रेनमा आक्रमण थप सशक्त बनाउन र दबाब सिर्जना गर्नको लागि बेलारुसी सेनाको सहायता लिनसक्ने पनि अमेरिकी आशंका गरेको छ।

    आफूले हारेको महसुस गरेको खण्डमा रुसले बिभिन्न बहाना खोज्दै परमाणु हतियार पनि प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। रुस–युक्रेन द्वन्द्वको ३० दिन पुरा भइरहँदा युक्रेनी सेनाको कारवाहीमा हालसम्म १५ हजार रुसी सेना मारिएको नेटोले जनाएको छ।

    उता रुसी सेनाको प्रतिकार गर्दा युक्रेनका चार हजार सेना मारिएको अमेरिकी भनाइ छ। रुसको ३० देखि ४० हजार सेना घाइते भएको पनि नेटोको दाबी छ। रुसले भने मार्च २ यता आफ्ना सेनामा भएको हताहतीबारे कुनै जानकारी दिएको छैन।

    त्यसबेला रुसले आफ्नो चार सय सेना मारिएको बताएको थियो। युक्रेनमा ३० दिनमै १५ हजार सेना मारिनु रुसको लागि धक्का हो। किनभने यसअघि रुसले अफगानिस्तान १० वर्ष कब्जा गर्दा पनि १५ हजार रुसी सेना मारिएका थिएनन्।

    एक महिनाको अन्तरालमा जब रुसले युक्रेनमा बेजोडका साथ आक्रमण जारी राखेको थियो त्यसबेला अमेरिका र बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका परिवारलाई भागेर आफ्नो देशको शरणमा आउन प्रस्ताव राखेको थियो।

    उनले देश छाड्न चाहेमा अमेरिका र बेलायतले त्यसको व्यवस्था गर्ने थिए। तर जेलेन्स्कीले अमेरिका र बेलायतको त्यो प्रस्ताव अस्वीकार गर्दै आफूलाई ‘देश छाडेर भाग्न विमान होइन देशको रक्षा गर्न हतियार चाहिएको’ बताएका थिए।

    जेलेन्स्कीले आफू राजधानी किभमै भएको र त्यहीँबाट रुसी सेनको प्रतिकार गर्ने बताउँदै आएका छन्। आफ्नो देशमा आक्रमण भएको एक महिना पुग्दैगर्दा जेलेन्स्कीले आज बिहानै विश्वका जनतालाई सम्बोधन गर्दै रुसविरुद्ध सडकमा उत्रिएर विरोध गर्न आह्वान पनि गरेका छन्।

    उनले आफ्नो ज्यान गएपनि रुससँग नझुक्ने बताएका छन्। ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्’ उनले भने,‘मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।’

    अमेरिकाले यस क्रममा युक्रेनलाई रुसविरुद्ध लड्न ९६ अर्ब ६४ करोड रुपैयाँको हतियार सहयोग गर्ने भएको छ भने बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र र चार अर्ब रुपैयाँ भन्दा बढी सहयोग दिने वाचा गरेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ