• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीको प्रतिवेदनमा केन्द्रीय सदस्यले बोल्न नपाउने, लिखित सुझाव दिनु पर्ने

    460
    SHARES


    काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको बैठक सुरू भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरू भएको हो।

    यसअघि बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदन पढे पनि त्यसबारे आजको बैठकमा बोल्न पाउने छैनन्।

    केन्द्रीय सदस्यले ओलीको प्रतिवेदनमा लिखित सुझाव दिन पाउने व्यवस्था गरिएको छ। आजको बैठकमा सिपिएन युएमएल एप सार्वजनिक गर्ने र ओलीले मन्तव्य राख्ने कार्यसूची छ।

    स्थानीय तहको चुनावलगायत विषयमा छलफल गर्न बसेको एमाले केन्द्रीय कमिटी बैठक आजै सकिनेछ। यसबीच एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ ।

    कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो ।

    जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मूल्याङ्कनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो ।

    सो सैद्धान्तिक मापदण्डभित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेशी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी छ ।

    यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगरका प्रमुख/उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ