• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

    496
    SHARES


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बिहीबार भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् ।

    भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् ।

    भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ ।

    विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका डिडिजी हंशराज पाण्डेयले जानकारी दिए ।

    उनका अनुसार उक्त कार्यक्रममा विशेष गरी मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमान जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाइ रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ