• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओलीको राजनीतिक प्रतिवेदमा केछ ?

    402
    SHARES


    काठमाडौं । तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको भन्दै एमाले अध्यक्ष केपी ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गरेका छन्।

    बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गरेका हुन्।

    विगतमा निर्वाचन र सो भन्दा अगाडिदेखि नै नेकपा एमालेका विरुद्ध भ्रमपूर्ण प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ’ प्रतिवेदनमा भनिएको छ।

    तराई मधेसका जिल्लाहरुमा एमालेप्रति बढेको आकर्षणले ‘राष्ट्रिय राजनीतिवाट जातीय क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्ने’ दाबी गरिएको छ।

    ओलीले पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको विषयलाई ‘खास अर्थ र सन्देश’ रुपमा लिनुपर्ने निर्देशनसमेत दिएका छन।

    ‘सत्ता स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लम्मै डुबेको माओवादी नेतृत्व (प्रचण्ड)प्रति मोहभंग भएर त्यसबाट अलग हुँदै एमालेमा आबद्ध हुने जुन राष्ट्रब्यापी लहर चलेको छ, यसको खास अर्थ र सन्देश छ’ प्रतिवेदनमा उल्लेख छ।

    एमालेलाई छलकपटपूर्ण ढंगले सरकारबाट विस्थापित गरिएको विषयलाई उनले पुनः राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।

    उनले लेखेका छन्, ‘पार्टी प्रतिपक्ष अवस्थामा रहेको, एमालेलाई कमजोर पारियो भन्ने भ्रम सिर्जना गर्दै पार्टीबिरुद्ध राजनीतिक र मनोवैज्ञानिक आक्रमण वा घेराबन्दी पारिएको बेला गठबन्धन आवद्ध पार्टीबाटै ठूलो संख्यामा एमालेमा प्रवेशको यो परिघटनाले एमालेप्रति अपार आकर्षणलाई प्रतिबिम्बित गरेको छ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ