• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फेरिए १० जिल्लाका डीएसपी, कसलाई कहाँ पठाइयो ? नामलिस्टसहित हेर्नुहोस

    544
    SHARES


    काठमाडौँ । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

    योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ । म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ ।

    सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर खटाइएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ ।

    नियमित सरुवा गर्नुपर्ने अवधि पुगे पनि प्रधान कार्यालयले सरुवा छलेर शक्तिकेन्द्रको रोजाइका अधिकृतहरूलाई काजमा पठाएको छ । एक वर्षमा हुनुपर्ने प्रहरी अधिकृतहरुको सरुवा १८ महिनादेखि हुन सकेको छैन् । तर, प्रहरी महानिरीक्षक खनालले नियमित सरुवा गर्न सकेका छैनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ