• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल- नेपाल आज बंगलादेशसँग खेल्दै

    332
    SHARES


    काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।

    भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

    तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।

    नेपालको आजको जित या हारले प्रतियोगिताको उपाधि होडमा केही फरक पार्ने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ । यता बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ ।

    च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ ।​ जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ