• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    सुर्खेतमा सार्वजनिक यातायात बन्द, यस्तो छ कारण

    748
    SHARES


    सुर्खेत । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्।

    व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्। निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका छन्।

    सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले रातो प्लेटका सवारी साधनले यात्रु बोक्ने गरेको बताए। यसमा प्रशासनले चासो नदेखाएपछि सार्वजनिक यातायात नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

    सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले यसबारे यातायात व्यवसायीसँग छलफल गरिने बताए। ‘छलफलका लागि उहाँहरूलाई बोलाएका छौं, गाडी बन्द नगर्नुस् भनेका छौं,’ उनले भने।

    यता सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ ।

    मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो ।

    अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

    पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

    पहिरो झरेको स्थानमा अर्को एउटा स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ