• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    चुनावको मुखैमा राष्ट्रपति भण्डारीले जारी गरिन फेरि यस्तो अध्यादेश

    699
    SHARES


    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    यस्तै स्थानीय तहको निर्वाचनमा दोहोर्‍याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले लागू गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट दिएका हुन्।

    आइतबार हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुनविपरीत भएको भन्दै आफूले रिट दिएका थिए। सोमबार उक्त रिट दर्ता भएको थियो।

    ‘संविधानले तीन तहको सरकार हुने भनेको छ। माथिल्ला सरकारका प्रमुख भने झण्डा हल्लाउँदै फेरि उम्मेदवार हुन पाउने गाउँ नगरपालिकाका जनप्रतिनिधिले भने एकमहिना अगावै राजीनामा दिनुपर्ने आचारसंहिताले असमान व्यवहार गर्‍यो, त्यसमाथि उम्मेदवारी दिएको एक महिनासम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुने भए।

    त्योबेला जनताले पाउने सेवा सुविधा कसले दिन्छ? त्यसैले संहिताको उक्त प्रावधान खारेज गर्न माग गर्दै रिट दिएको हुँ,’ उनले भने। पालिका प्रमुख/उपप्रमुखले एकअर्कालाई राजीनामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ।  दुवै निर्वाचनमा सहभागी हुन मन भएकाहरूलाई राजीनामा बुझाउने भन्ने प्रश्न पनि उठ्ने उनले बताए।

    यो संहिताले त चुनाव लड्न पाउने अध्यक्ष/उपाध्यक्षमध्ये हकलाई पनि असर गर्ने भो भनेर खारेज गर्न माग गरेका छौं,’ उनले भने। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ