• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसले यसरी फिल्मी शैलीमा खसाल्यो युक्रेनको लडाकू विमान

    1.5K
    SHARES


    काठमाडौँ । रुसले बेलारुसमा राखेको एस–४०० प्रतिरक्षा प्रणालीबाट युक्रेनी वायुसेनाको सु–२७ लडाकू विमान खसाएको छ । १५० किलोमिटर टाढाबाट सटीक निशाना लगाएर विमान खसाउँदै रुसले कीर्तिमान कायम गरेको छ । युक्रेनी विमानलाई कर्नेल ओलक्सान्दर ओक्सानचेन्कोले उडाइरहेका थिए ।

    उनले एयरशोमा अद्भुत प्रस्तुति दिएर युक्रेनीहरूको मन जितेका थिए ।रुसी आक्रमणमा परी ओक्सानचेन्कोको मृत्यु भएको छ । उनलाई युक्रेनको नायकको उपाधि मरणोपरान्त दिइएको छ । युद्धभूमिमा एस–४०० पहिलोपटक उपयोग गरिएको हो । घटना गत फेब्रुअरी २५ मा भएको बताइएको छ ।

    एस–४०० ले ४०० किलोमिटरको दायरामा प्रहार गर्न सक्छ । त्यसैले बेलारुसको भूमिबाट युक्रेनमा उसले गरेको प्रहार क्षमताको आधाभन्दा कम हो। उक्त प्रणालीले युक्रेनका अन्य स्थानमा पनि प्रहार गरेको बताइएको छ ।

    रुसीहरूले एस–४०० युद्धको पहिलो दुई दिन मात्र उपयोग गरेका थिए । पछि अन्य वायु प्रतिरक्षा प्रणालीहरूको उपयोग गरिन थालेको थियो । रुसी सेनाले वास्तविक युद्धमा त्यसको परीक्षण गरेको हुनसक्ने प्रबल सम्भावना छ।

    यस्तै रुसको ब्ल्याक सी फ्लिटका एक वरिष्ठ नौसेना कमान्डर युक्रेनमा मारिएका क्राइमिया प्रायद्वीपको बन्दरगाह सहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन्।

    पूर्वी युक्रेनी बन्दरगाह सहर मारियुपोलमा लडाइँका क्रममा फ्लिटका डेपुटी कमान्डर पोस्ट–क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो। मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन्। सेभास्टोपोल रुसको ब्ल्याक सी फ्लिटको आधार हो।

    रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ। युक्रेनको पश्चिममा रहेको हतियार भण्डारणस्थल नष्ट गर्न उक्त हाइपरसोनिक मिसाइल प्रयोग गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

    हाइपरसोनिक एरोब्यालिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ, रुसी रक्षा मन्त्रालयले जनाएको छ।

    राज्य समाचार एजेन्सी आरआइए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको यो पहिलो प्रयोग हो, जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा ‘विशेष सैन्य अपरेसन’ भनेको छ।

    बाइडेन किन युक्रेनको भ्रमण गर्दैनन् ?
    अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणको सम्भावनाको बारेमा खोजी गरिएको थिएन । तर युद्धग्रस्त क्षेत्रमा नजानुका पछाडि केही कारण भएको ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीले बताएकी छन् ।

    हामीले यस विकल्पको बारेमा खोजी गरेका छैनौ,’ युक्रेनको भ्रमणको बारेमा पनि सोच्न सकिन्छकी भनेर सोधिएको प्रश्नमा साकीले बताइन् । बाइडेनको युक्रेन भ्रमणको विषयमा कुनै पनि किसिमका योजना नभएको उनले ट्वीटरमार्फत बताएकी छन् ।

    युद्धग्रस्त क्षेत्रमा भ्रमण नगर्नु सुरक्षा चासोबाट मात्रै होइन । त्याहाँ प्रसस्त मात्रामा स्रोत साधन भएको र त्यसबाट युक्रेनको अवस्थाको बारेमा थाहा पाउन सकिने भएकाले सोही मुलुकमा भ्रमण गर्नु आवश्यक नभएको प्रवक्ताले बताइन् । यो सधैको कारण हो । यो भन्दा पूर्वका समयमा पनि यसै किसिमबाट कुनै पनि मुलुकको अवस्थाबारे जानकारी लिन सकिन्थ्यो ।

    ‘तर राष्ट्रपतिले पनि महसुस गरे र सुरक्षा टोलीले निरन्तर सैन्य समन्वय, मानवीय र आर्थिक समन्वय दुवै निर्धारण गर्न ब्रसेल्समा नेटो नेताहरु, जि–७, ईयूसँग बैठक बोलाएर सबैभन्दा प्रभावकारी यात्रा गर्न सक्ने महसुस गरे । नजिकैको पोलयान्डमा गएर शरणार्थी, शरणार्थी सहयोगको बारेमा कुराकानी गर्न सकिन्छ,’साकीले बताइन् ।

    बाइडेनले मार्च २४ मा ब्रसेल्समा आयोजना हुने नेटोको सम्मेलन र अन्य भेटघाटमा भाग लिने समयतालिका निर्धारण गरिएको छ । त्यसपछिका दिनमा उनी आफ्नो पोलिस समकक्षीसँगको भेटघाटमा जान सक्ने ह्वाइट हाउसले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ