• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized अन्तराष्ट्रिय

    काँग्रेसका नेतासहित १० जनाको ह’त्या, घरमा आगजनी पनि गरियो

    1K
    SHARES


    काठमाडौँ । कांग्रेसका चर्चित नेतासहित १ओ जनाको हत्या भएको छ । यो खबर भारतको हो । भारतको पश्चिम बंगालमा एकैदिन १० जनाको हत्या भएको छ।

    सोमबार साँझ बिरभूम जिल्लाको रामपुरहाट क्षेत्रमा अज्ञात व्यक्तिहरुले तृणमूल काँग्रेस पार्टीका चर्चित एक नेतासहित बोक्तइ गाउँका उपप्रधान भादु शेखको ह’त्या गरेपछि उनका समर्थकले हुलदंगा गरेका थिए।

    समर्थकले आ’क्र’मणमा संलग्न भएको आशंकामा केही मानिसका घरहरुमा आगजनी गर्दै कु’ट’पिट गर्दा अन्य ८ जनाको मृत्यु भएको बताइएको छ। खबरअनुसार हालसम्म १० जनाको शव बरामद भएको छ भने धेरै घरमा आगो पनि लगाइएको पाइएको छ।

    यो घटनामा केन्द्रिय गृहमन्त्रीले अनुसन्धानको गर्न आदेश जारि गरिसकेका छ। प्रहरीले सत्य- तथ्य अनुसन्धान गरि पर्दाफास गर्ने जनाएको भारतीय संचारमाध्यमहरुले जानाएका छन्।

    त्यस्तैभारतको छत्तिसगढको राजधानी रायपुरमा अबेर राती एक व्यक्तिले एक दर्जनभन्दा बढी गाडीलाई ठक्कर दिएपछि थुप्रै घाइते भएका छन्। अन्त्यमा एउटा भित्तामा ठोक्किएपछि उनको कार दुर्घटनाग्रस्त भयो।

    कार चालकको ठक्करले पानीपुरीको ठेलालाई धकेल्दै आफ्नो घर फर्किरहेका एक युवकको मृत्यु भएको छ। पुरानो बस्ती प्रहरीका अनुसार रायपुरको तेलीबान्धा इलाकामा बस्ने देवराज पलले आफ्नो साथीको कार मागेका थिए।

    उनले नसामा चुर भएर भाटागाँवबाट कार चलाउन सुरु गरे र बाटोमा थुप्रै गाडीलाई ठक्कर दिँदै तीब्र गतिमा थुप्रै किलोमिटरसम्म अघि बढ्यो ।यतिबेला पैदल हिँडिरहेका थुप्रै मानिस यो तीब्र गतिको कारको चपेटामा आए।

    पानी पुरीको ठेला गुडाएर आफ्नो घर फर्किरहेका एक युवक पनि यो तीब्र गतिको कारको चपेटामा आए। उनको घटनास्थलमा नै मृत्यु भयो । प्रहरीका अनुसार मृतक लक्ष्मीकान्त जाटव मूलतः उत्तरप्रदेशको जालौनका बासिन्दा थिए।

    त्यसपछि तीब्र गतिको कार बुढातालाब नजिकै एउटा भित्तामा गएर ठोक्कियो जसका कारण कार चालक देवराज पल पनि घाइते भए । प्रहरीका अनुसार कार चालक अस्पतालमा भर्ना छन् र पूरा घटनाको अनुसन्धान भइरहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ