• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कृष्णबहादुर महराका स्वकीय सचिवले यसकारण गरे पार्टी परित्यागको घोषणा

    394
    SHARES


    दाङ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । शर्मा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् ।

    उनले आज बिहान पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’

    उनले अबदेखि एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् । उनी लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए । तर उनी प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट थिए ।

    यसैबीच सोमबार बसेको नेकपा माओवादी केन्द्र दाङको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन गरेको छ । जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै तुलसीराम पुन (सुवास)ले पाइसकेका थिए ।

    बैठकले निर्वाचन क्षेत्र र पालिकाहरुमा पनि नेताहरूको जिम्मेवारी तोकेको छ । जस अनुसार घोराही उपमहानगर कमिटी इञ्चार्जको जिम्मा कृष्णबहादुर महराका छोरा निर्मल महराले पाएका छन् ।

    प्रमोद शर्मा भने सोही कमिटीको अध्यक्षमा यथावत छन् । यसैगरी तुलसीपुर उपमहानगर इञ्चार्जमा प्रेमराज वली र लमही नगरपालिका इञ्चार्जमा बसन्तराज शर्मा (विक्रान्त) चयन भएका छन् ।

    राप्ती गाउँपालिका चित्रबहादुर थापा, गढवा गाउँपालिकामा यमनारायण पोख्रेल (विश्वास), राजपुर गाउँपालिकामा चक्रबहादुर खड्का, बंगलाचुलीमा चुडामणि नेपाली, दंगीशरणमा हिरालाल चौधरी, शान्तिनगरमा राधिका परियार र बबई गाउँपालिकामा पुनम शेर्पालीले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ