• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    १३३ यात्रु सवार विमान दुर्घटनाग्रस्त, पहाडमा आगो देखियो

    0.9K
    SHARES


    काठमाडौं। चीनमा १३३ जना सवार विमान दुर्घटनामा परेको छ । दक्षिणी चीनको गुआङ्शी प्रान्तको पहाडी इलाकामा विमान दुर्घटनामा परेको बताइएको छ ।

    चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान युनान प्रान्तको कुन्मिङ शहरबाट गुआङडोङ प्रान्तको ग्वाङजाउ शहरतर्फ उडिरहेका बेला दुर्घटनामा परेको हो ।

    दुर्घटनास्थलमा आगलागी समेत भएको चीनको सरकार नियन्त्रित सीसीटिभी च्यानलले जनाएको छ ।

    उद्धारकर्ताहरु दुर्घटनास्थल पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि दुर्घटनामा भएको मानवीय क्षतिबारे केही विवरण सार्वजनिक भइसकेको छैन ।

    भारतमा कतार एयरवेजको एक विमान ठूलो दुर्घटनाबाट बचेको छ। दिल्लीबाट दोहाको लागि उडेको क्यूआर५७९ विमानबाट धुँवा निस्कन थालेपछि विमानलाई आपतकालीन अवतरण गरिएको बीबीसीले जनाएको छ।

    उडिरहेको विमानलाई कराँचीस्थित विमानस्थलमा अवतरण गरिएको कतार एयरवेजले जानकारी दिएको छ। समयमै विमान अवतरण भएकाले यात्रुहरु कसैलाई चोट नलागेको बताइएको छ।

    कम्पनीले विमानमा देखिएको गडबडीपछि माफी माग्दै अनुसन्धान गरिरहेको छ। सो विमानमा सयभन्दा बढी यात्रु थिए।

    यस्तै भारतकै छत्तिसगढको राजधानी रायपुरमा अबेर राती एक व्यक्तिले एक दर्जनभन्दा बढी गाडीलाई ठक्कर दिएपछि थुप्रै घाइते भएका छन् । अन्त्यमा एउटा भित्तामा ठोक्किएपछि उनको कार दुर्घटनाग्रस्त भयो ।

    कार चालकको ठक्करले पानीपुरीको ठेलालाई धकेल्दै आफ्नो घर फर्किरहेका एक युवकको मृत्यु भएको छ ।

    पुरानो बस्ती प्रहरीका अनुसार रायपुरको तेलीबान्धा इलाकामा बस्ने देवराज पलले आफ्नो साथीको कार मागेका थिए ।

    उनले नसामा चुर भएर भाटागाँवबाट कार चलाउन सुरु गरे र बाटोमा थुप्रै गाडीलाई ठक्कर दिँदै तीब्र गतिमा थुप्रै किलोमिटरसम्म अघि बढ्यो ।

    यतिबेला पैदल हिँडिरहेका थुप्रै मानिस यो तीब्र गतिको कारको चपेटामा आए । पानी पुरीको ठेला गुडाएर आफ्नो घर फर्किरहेका एक युवक पनि यो तीब्र गतिको कारको चपेटामा आए ।

    उनको घटनास्थलमा नै मृत्यु भयो । प्रहरीका अनुसार मृतक लक्ष्मीकान्त जाटव मूलतः उत्तरप्रदेशको जालौनका बासिन्दा थिए ।

    त्यसपछि तीब्र गतिको कार बुढातालाब नजिकै एउटा भित्तामा गएर ठोक्कियो जसका कारण कार चालक देवराज पल पनि घाइते भए । प्रहरीका अनुसार कार चालक अस्पतालमा भर्ना छन् र पूरा घटनाको अनुसन्धान भइरहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ