• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युद्धको २७औँ दिन युक्रेनी राष्ट्रपतिले गरिदिए यस्तो खुलासा

    4.5K
    SHARES


    काठमाडौं । रुस-युक्रेन युद्धको २७ औँ दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्को खुलासा गरिदिएपछि विश्वभर हलचल मच्चिएको छ । राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शान्ति वार्ता असफल भएको खण्डमा त्यसले तेश्रो विश्वयुद्ध हुने खुलासा गरेका हुन् ।

    अमेरिकी टेलिभिजन च्यानल सीएनएनका फरिद जकारियालाई दिएको अन्तरवर्तामा जेलेन्स्कीले यस्तो चेतावनी दिएका हुन् । ‘म उनीसँग वार्ताका लागि तयार छु, म पछिल्ला दुई वर्षदेखि तयार थिएँ ।

    र मेरो विचारमा छलफलबिना हामी यो युद्ध अन्त्य गर्न सक्दैनौँ ।’ उनले भने, ‘मलाई लाग्छ, छलफलको सम्भावनाका लागि, पुटिनसँगको कुराकानीका लागि हामीले हरेक प्रारुप, हरेक अवसरको सदुपयोग गर्नुपर्छ ।’

    तर, यदि यस्तो प्रयास असफल हुन्छ भने यसको अर्थ तेश्रो विश्वयुद्ध हुनेछ ।’ उनले चेतावनी दिए । गत फेब्रुअरी यता रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । रुसी आक्रमणले गर्दा युक्रेनमा भयावह मानवीय संकट उत्पन्न भएको छ भने दशौँ लाख शरणार्थी छिमेकी देश जान बाध्य भएका छन् ।

    मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ।

    आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो। तर युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन्।

    रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो भनेकी हुन्। मस्कोले सोमवारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ।

    कोही बाँकी रहे उनीहरूले सैन्य अदालतको सामना गर्नुपर्ने पनि उसले चेतावनी दिएको छ। तर मारिओपोल सहरका मेयरका एकजना सल्लाहकारले बीबीसीसँग कुरा गर्दै मस्कोको प्रस्ताव विश्वास गर्न नसकिने भन्दै अन्तिमसम्म लडिरहने बताए।

    दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसले हप्तौँदेखि घेराबन्दी तथा निरन्तर आक्रमण गरिरहेको छ। राजधानी किएभस्थित सम्वाददाता लीज डुसेटले त्यसलाई पूरै सहरलाई भोकभोकै पारेर आत्मसमर्पणका निम्ति बाध्य पार्ने सैन्य रणनीति भनेकी छन्।

    यसबीच मस्कोस्थित रक्षा मन्त्रालयले मारिओपोलमा डरलाग्दो मानवीय सङ्कट उत्पन्न भइरहेको स्वीकारेको छ। रुसी बमबारीका कारण मारिओपोल सहर लगभग ध्वस्त भइसकेको बताइएको छ।

    आइतबार राजधानी किएभमा पनि ठूल्ठूला विस्फोटहरू भएका छन्। त्यहाँका मेयरका अनुसार कैयन् घरहरू तथा एक किनमेल केन्द्र समेत निसानामा परेका छन्।

    संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले युक्रेनमा युद्धका कारण घर छाडेर भाग्नेहरूको सङ्ख्या १ करोड पुगेको जनाएको छ। युक्रेनको कूल जनसङ्ख्याको त्यो एक चौथाइ हो।

    विस्थापित हुने गति र व्यापकताको हिसाबबाट यो पछिल्ला दशकहरूकै अभूतपूर्व घटना रहेको सो निकायले बताएको छ। विस्थापितहरूमध्ये झन्डै ३५ लाख मानिसले देश नै छाडेका छन्।

    त्यसको दोबर सङ्ख्याको आन्तरिक विस्थापन भएको छ। युएनएचसीआरका प्रवक्ताले यसलाई सिरियाली सङ्कटसँग तुलना गरे तर सिरियामा पनि यस्तरी विस्थापन हुन लामो समय लागेको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ