काठमाडौँ । बेलायती तटमा एक पर्यटकले बोतलमा एक सन्देश फेला पारेका छन् । उक्त सन्देश बहमासबाट एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएकी थिइन् ।
क्रिस्पीन बेनटनले बेलातयको फालमाउथको क्यासल बीचमा हिडिरहेको समयमा सन्देश राखिएको उक्त बोलत फेला पारेका थिए । ‘यो सन्देश बोतलमा बिर्कोले कसिनले गरी राखिएको थियो ।
त्यसैले यो पखालिएको जस्तो देखिएको थियो । मैले यसलाई उठाए, त्यसपछि सोचे, त्याहाँ सन्देश भएको पाए र उत्साहित भए,’ बेनटनले फालमाउथ प्याकेटलाई बताए ।
सोही तटमा भ्रमणको क्रममा रहेका विद्यार्थी फोटोग्राफरले बेनटनको फोटो लिए र उनसँगै त्यसमा लोखिएको सन्देश पढे । उक्त चिठ्ठी २००१ को २१ जुनको थियो । चिठ्ठी ६ वर्षकी एक क्यानेडियन बालिकाले लेखीका थिइन् । उनको नाम अन्ना थियो र चिठ्ठी लेख्दाको समयमा बहमासको यात्रा गररहेकि थिइन् ।
‘कृपया प्रदूषण नगर्नुस् । धन्यवाद,’ अन्नाले लेखेकी थिइन् । अन्नाले चिठ्ठी पठाउने ठेगाना पनि समावेश गरेकी थिइन र फेला पार्नेलाई चिठ्ठी लेख्नका लागि आग्रह गरेकी थिइन । तर अनलाईनमा खोजी गर्दा ठेगाना औद्योगिक क्षेत्रमा परिवर्तन भइसकेको छ ।
फेला पर्यो संसारकै रंगीन माछा
सुन्दरताको कुनै सीमाना हुँदैन । रंगीन चिज आफैंमा सुन्दर देखिन्छ । चराचुरुंगी हुन् वा अरु जिवजन्तु रंगीविरंगी हुनु आकर्षण तथा सुन्दरताको प्रतीक हो ।
अक्वारियममा पालिएका रंगीन माछा देख्नुभएकै होला । तर वैज्ञानिकहरुले ती भन्दा पनि कैयन् धेरै रंगीन माछा पत्ता लगाएका छन् जुन संसारकै सबैभन्दा रंगीन माछा हो ।
माल्दिभ्सको समुद्रमा वैज्ञानिकहरुले पत्ता लगाएको सबैभन्दा रंगीन माछाको नाम मल्टीकलर्ड फिस हो । यसलाई इन्द्रेणी माछा पनि भनिन्छ । यसको अंग्रेजी नाम रोड भेइल्ड फेरी रासे हो भने वैज्ञानिक नाम सिरहीलाब्रस फिनिफेन्मा हो ।
यो माछाको सरीर बहुरंगी छन् सरीरमा विभिन्न प्रकारका रंग छन् । यो माछा समुद्रको गहिराइमा मुगा अर्थात् कोरल रिफभित्र बस्दछ । यसलाई ट्वीलाइट रिफ्स पनि भनिन्छ ।
यो माछा यसअघि अर्कै प्रजातिसँग सम्बन्धित भएको ठानिएकोमा वैज्ञानिकहरुले हालै यो छुट्टै प्रजातिको संसारकै रंगीन माछा भएको पत्ता लगाएका छन् ।
यो माछा पश्चिमी हिन्द महासागरमा सामुद्रिक मुगा क्षेत्रमा १ सय देखि ४९० फिट गहिराइमा पाइन्छ । यो माछाको पोथीको सरीरमा रातो, गुलाबी तथा निलो रंग धेरै हुन्छ भने भालेमा पहेँलो र सुन्तला रंग धेरै हुन्छ । एजेन्सी
प्रतिक्रिया