काठमाडौँ । तदर्थ समिति गठन गर्न माग गर्दै नेविसंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्। नेविसंघ अध्यक्ष राजीब ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि नेविसंघ नेतृत्वविहीन छ। नेविसंघमा तदर्थ समिति गठन गरेर महाधिवेशन गर्ने तयारी कांग्रेसको छ।
तर आकांक्षी धेरै हुँदा सभापति शेरबहादुर देउवाले नेविसंघलाई नेतृत्व दिन सकिरहेका छैनन्। आज दिउँसो नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइ अध्यक्ष शान शिवाकोटीलगायतले सानेपामा प्रदर्शन गरेका हुन्।
उनीहरूले ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न नहुने माग गरेका छन्। नेविसंघले १२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लागू गर्ने विधान बनाएको थियो। तदर्थ समिति गठन गर्दा नै उमेरहद लगाउन लागेको भन्दै उनीहरूले विरोध गरेका छन्।
यसैबीच नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । सो पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् ।
आइतबार नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरूको टुंगो सोही अनुसार लगाइने बताए ।
‘यसपटक विगतमा भए जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रीकृत छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं’, प्रवक्ता महतले भने ।
उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भएमात्र केन्द्रले हेर्न सक्ने पनि बताए । उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउँदा बढी मत आउछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने बताए ।
प्रतिक्रिया