• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली राजनीति

    चुनावको मुखैमा माओवादी नेता विष्ट एमाले प्रवेश गर्दै

    473
    SHARES


    सुर्खेत । नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ । विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन् ।

    सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ ।

    विष्टसँगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरेलगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ ।

    राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफूले पार्टी छाडेको विष्टले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ