• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    जेलेन्स्कीले निरन्तर चेतावनी दिएपछि पुटिनले युक्रेनविरुद्ध पहिलोपटक हान्यो यस्तो हतियार

    3.4K
    SHARES


    काठमाडौँ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अनावश्यक निरन्तर चेतावनी दिन थालेपछि रुसी राष्ट्रपति पुटिन झन् आक्रामक र रुष्ट बनेका  छन् ।

    रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ। युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

    हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ, रुसी रक्षा मन्त्रालयले भनेको छ।

    राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो, जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा विशेष सैन्य अपरेशन भनेको छ। हाइपरसोनिक मिसाइ अति उन्नत मिसाइल मानिन्छन्, जो उचाइमा सहजै उड्छ।

    यस्तो प्रकारको क्रुज मिसाइल ध्वनिभन्दा ५ गुणा उच्च गतिमा चल्छन्। रूसका अनुसार युक्रेनविरुद्ध जुन किन्जल मिसाइलको प्रयोग गरिएको छ, त्यसले २ हजार किलोमिटरसम्म आफ्नो निसानामा रहेको क्षेत्रलाई ध्वस्त पार्न सक्छ।

    रूसको दाबी छ कि यो मिसाइलले सबै प्रकारका हवाइ तथा मिसाइल डिफेन्स सिस्टमलाई असफल बनाउन सक्छ। यद्यपि रुसको दाबीलाई स्वतन्त्र रुपमा पुष्टि भने गरिएको छैन। त्यस्तै फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्यान्डको सीमानजिक रहेको लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन् । कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट चार क्रुज क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ ।

    यस्तै युक्रेनी फौजको हवाई प्रतिरोधी दस्ताले अरु दुई क्षेप्यास्त्र बीच आकाशबाटै खसालेको दाबी गरेको छ । लभिभ शहरका मेयर आन्द्रेई सादोभीले घटनास्थलमा उद्धारकर्ताहरु खटिएको बताए । यद्यपि विमान मर्मत गर्ने सो भवन यसअघि नै बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

    गत आइतबार रुसी फौजले लभिभ शहर नजिकै रहेको सैनिक तालिम केन्द्रमा आक्रमण गरेको थियो । हालसम्म लभिभ शहरमा उल्लेख्य सैनिक गतिविधि नभएपनि यो शहर युरोपका अरु देशबाट युक्रेनलाई प्राप्त हुने सहायता आपूर्ति र युक्रेनबाट बाहिर जाने शरणार्थीहरूका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ ।

    यता युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन् ।

    ‘त्यसैले हामी तपाई, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस् ।’

    मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ । नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन ।

    यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ । नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ