• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसी सेना आफ्नो देश आएर के गरे ? युक्रेनी राष्ट्रपतिले अमेरिकी संसदलाई देखाए भावुक भिडियो

    658
    SHARES


    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी संसदलाई सम्बोधन गर्दा युक्रेनको विनाशकारी भिडियो देखाएका छन।

    पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो।

    सो भिडियोको अन्तिम फ्रेममा नोफ्लाई जोनको अपीलमा आकाश बन्द गर्नुहोस् शब्दहरू देखाइएको छ। जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन विश्वको नेता बन्नु पर्ने उल्लेख गर्दै विश्वको नेता बन्न शान्तिको नेता बन्नु पर्ने बताएका थिए।

    जेलेन्स्कीको सम्बोधनपछि पनि उनलाई उठेर सम्मान गरिएको थियो। यसअघि जेलेन्स्कीले मंगलबार क्यानडाको संसदमा सम्बोधन गरेका थिए।

    रूससँग वार्ताका लागि यूक्रेनी राष्ट्रपतिका छ वटा शर्त
    यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ शर्त अगाडि सारेका छन् । उनले त्यसलाई यूक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    उनले विहीबार राष्ट्रका नाममा सम्वोधन गर्दै भने, “रूससँगको शान्ति वार्ताका बेला सम्वोधन हुनुपर्ने मेरा प्राथमिकता छ विषय छन् ।” उनका अनुसार रूसले युद्धको अन्त्य हुनुपर्ने कुरालाई यूक्रेनले पहिलो शर्तका रूपमा राख्नेछ ।

    त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनस्र्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा राखेका थिए ।

    रूसले यूक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता सुरु भएको थियो । पटक पटक भएको वार्ता परिणाममूखी हुन भने सकेको छैन । वार्ताको शिलशिला भने जारी नै रहेको छ ।

    पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो । सो वार्ता भिडियोमार्फत् भएको थियो । त्यसको दुई दिनपछि यूक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग यूक्रेनी राष्ट्रपतिले नै सिधै चाडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए ।

    गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गरेका थिए । दुवै पक्षबाट राष्ट्रपतिस्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले छ शर्त अगाडि सारेका हुन् ।

    रूस र यूक्रेनबीचको युद्धकै विषयमा बिहीबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे गरी छ देशको अनुरोधपछि बैठक बोलाइएको हो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ