• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कसले बनायो प्रचण्डमाथि भौतिक आक्रमणको योजना ? आफैले खोले यस्तो रहस्य

    503
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् ।

    लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै​ उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

    पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको उनको भनाइ छ । उनले आफूलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए ।

    ‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डले भने, ‘पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिरहामा मारिने थिए ।’

    त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनको भनाइ छ । यस्तै अध्यक्ष प्रचण्डले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए ।

    ‘माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरियो । यो अहिले पनि जारी छ,’ उनी भन्छन् । माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको प्रचण्डको गुनासो छ । उनले भने, ‘भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ ।’

    प्रतिक्रियावादीहरूले विगतमा घेरा हालेर सखाप पार्न खोजे पनि प्रतिरोध गरिएको बताउँदै उनले भने, ‘हामीलाई प्रतिक्रियावादीको रणनीति घेरा हाल्ने र सखाप पार्ने थियो भने हाम्रो घेरा तोड्ने र प्रतिरोध गर्ने रहेको थियो। हामी विगतमा आत्मसमर्पणको अवस्थामा हिजो पनि थिएनौं र आज पनि छनौं। आत्मसमर्पणभन्दा मृत्यु हामीलाई स्वीकार्य छ।’

    आगामी निर्वाचनमा समेत ‘जनयुद्ध’को बेला जस्तै योजनाबद्ध तयारीका साथ लडाइँमा उत्रिनुपर्ने उनको भनाइ थियो। अबको निर्वाचन पनि प्रतिगमन र अग्रगमनकारीबीचको लडाइँ भएकोले हतियारविहीन रूपमा जनताको घरदैलोसम्म पुगेर निर्वाचन जित्नुपर्नेमा उनले जोड दिए।

    ‘निर्वाचनमा एक भएर जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ। हामी अराकता र गुुटबन्दीविरूद्ध संघर्ष गरेर जानु पर्दछ’, प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई पद्धति अनुरूप हल गर्नुपर्नेमा समेत जोड दिँदै भने, ‘हामी आपसमा गुटबन्दी गर्ने, तानातान गर्ने अरूलाई हिलो छ्याप्ने दोष अरूलाई जस आफूलाई गर्ने प्रवृति पुँजीवादी प्रवृत्ति हो। समाजवादी प्रवृत्ति होइन।’

    नेपालको राजनीतिक आन्दोलनमा प्रतिक्रियावाद र यथास्थितिवादविरूद्ध नै मुख्य संघर्ष चल्दै आएको बताउँदै उनले ०५२ सालपश्चात् यो संघर्ष सिधा र आमनेसामने भएर आएको स्मरण गरे।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ