• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    जापानमा देशै हल्लाउने गरी ७.३ म्याग्नेच्युडको भूकम्प

    1.2K
    SHARES


    काठमाडौँ । जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। जापानी प्रसारण संस्था एनएचकेका अनुसार उत्तरपूर्वी जापानमा केन्द्रबिन्दु बनाएर बुधबार राति गएको उक्त भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।

    भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। उता बन्दुकधारीहरूको आक्र’मणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ ।

    बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए । नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरु पनि मारिएको पुष्टि गरे ।  घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरु पनि मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन् । नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन् ।

    यस्तै न्युजिल्यान्डले १३ अप्रिलदेखि अस्ट्रेलियन नागरिकलाई क्वारेन्टाइन र आइसोलेशन बिना आफ्नो मुलुकमा प्रवेश दिने भएको छ । पूर्ण रुपमा खोप लगाएका ६० मुलुकका भिसामा छुट दिइएका पर्यटकहरु पनि मे २ देखि न्युजिल्यान्ड आउन पाउने छन् ।

    यी मुलुकहरुमा संयुक्त अधिराज्य र अमेरिका पनि समावेश छन् । सबै आगन्तुकले कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ । महामारी विश्वव्यापी रुपमा फैलिएसँगै न्युजिल्यान्डले २०२० को मार्चमा आफ्नो सीमा बन्द गरेको थियो ।

    अस्ट्रेलियाबाट छोटो अवधिका लागि आउने आगन्तुक बाहेक सबैलाई सीमा बन्द गरिएको थियो । हाल केवल न्यूजिल्यान्डका नागरिकलाई मात्रै आफ्नो मुलुकमा आउने र बाहिर जाने अनुमती दिइएको छ । न्युजिल्यान्ड विश्वलाई स्वागत गर्नका लागि तयार भएको प्रधान मन्त्री जासिन्डा आर्डनले बताएकी छन् ।

    ‘सीमाना पुनः खुला गर्ने कामको अर्को चरणलाई अगाडि बढाउन हामीले निर्देशिका प्राप्त गरेका छौ, हामी हाम्रा पर्यटकलाई फर्काउन चाहन्छौ,’ बुधबार उनले बताइन् । पहिलेनै भिषा भएका तर भिषा छुटको सूचीमा नभएकाहरु मे १ देखि न्युजिल्यान्ड प्रवेश गर्न पाउने छन् ।

    आफ्नो मुलुक प्रतिदिन एक हजार संक्रमणबाट केही साताको अवधिमै बिस हजारमा पुगेको थियो । यस अवस्थाबाट गुज्रेका न्यूजिल्यान्डका जनताहरु अबको अवसर छोप्न चाहन्छन् । आर्डनले गत वर्षको अक्टोबरसम्म कोभिड समाप्त पार्ने नीति अवलम्वन गरेकी थिइन् ।

    तर, हाल न्युजिल्यान्ड योग्य जनसंख्याको ९५ प्रतिशत खोप लगाएको अवस्थामा छ । महामारी सुरु भएपछि यो मुलुकमा ११५ कोभिडका कारण मृत्यु भएको छ । कोभिडका बिरामीलाई केही आइसोलेशनको मापदण्डमा सहज बनाए बाहेक यो मुलुकले उच्च तहको प्रतिबन्धमा गएको थियो ।

    यसमा ठूलो संख्यामा भेला हुन रोक लगाउनुका साथै मास्क अनिवार्य गरिएको थियो । खोप नलगाएका मानिसहरुलाई केही क्षेत्रमा काम गर्न दिइएको थिएन । यसले राजधानी वेलिङटनमा तीन सातासम्म विरोध प्रदर्शन भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ