• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    राष्ट्रपति जेलेन्स्कीले रुसी सेनालाई भने-‘आत्मसमर्पण गर’

    1.1K
    SHARES


    किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्। टेलिभिजनमा सम्बोधनमा गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले आफ्नो देशमा आक्रमण गर्दा चेचन्या द्वन्द्वमा भन्दा बढी क्षति बेहोरेको बताएका छन।

    राष्ट्रपति जेलेन्स्कीले युद्धले केही हासिल नहुने कुरा उनीहरुले बुझ्न थालेको उल्लेख गरेका छन्। रुसी सेनालाई ‘बाच्न चाहन्छौ?’ भन्दै प्रश्नमार्फत जेलेन्स्कीले भनेका छन् ‘आत्मसमर्पण गर्नेहरूलाई मानिसको रूपमा सभ्य व्यवहार गरिनेछ।’

    त्यस्तै राष्ट्रपति जेलेन्स्कीले रुसमा राष्ट्रपति पुटिन विरुद्ध प्रदर्शन गर्नेहरुप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । सत्य उजार गर्न उनीहरुले प्रयास गरिरहेको भन्दै उनले धन्यवाद दिएका हुन। दुईदेशबीचको वार्ताका सम्बन्धमा राम्रो प्रगति भएको उनले आफ्नो सम्बोधनमार्फत बताएका छन्।

    पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले मंगलबार कीभको भ्रमण गरे जहाँ उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् ।

    स्लोभेनियाका प्रधानमन्त्री जेनेज जान्साले युक्रेनका जनतालाई भने: ‘तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको लडाइ हाम्रो लडाइ हो र हामी मिलेर जित्नेछौं।’

    चेक प्रधानमन्त्री पेत्र फियालाले भने, ‘तपाईं आफ्नो जीवन, आफ्नो स्वतन्त्रताको लागि लडिरहनु भएको छ । तर हामीलाई थाहा छ कि तपाईं हाम्रो जीवन र हाम्रो स्वतन्त्रताको लागि पनि लड्दै हुनुहुन्छ।’

    उनले थपे, ‘हामी तपाईंको साहसको प्रशंसा गर्छौं र हामी थप सहायता र समर्थन प्रदान गर्न जारी राख्नेछौं । युक्रेनका जनताको साथमा युरोप उभिएको छ।’

    दुवै नेताले युक्रेनी भाषामा ‘ग्लोरी टु युक्रेन’ भनेका छन् । गत महिना रुसको आक्रमणपछि युक्रेनमा कुनै विदेशी नेताको यो पहिलो भ्रमण हो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरूविरुद्ध रूसले प्रतिबन्ध घोषणा गरेको छ । युक्रेनमाथि युद्ध छेडेपछि रूसविरुद्ध अमेरिकाले कैयन प्रतिबन्ध लगाएको थियो । त्यसैको बदलामा रूसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्ध घोषणा गरेको हो ।

    रूसको विदेश मन्त्रालयका अनुसार प्रतिबन्ध सूचिमा बाइडेन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षासचिव लयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआइए प्रमुख विलियम बर्न्स लगायत विरुद्ध लागू भएको छ । अमेरिकाका अन्य अधिकारीहरू पनि यो प्रतिबन्धबाट प्रभावित हुने रूसले जानकारी दिएको छ ।

    युक्रेनमाथि हमला गरेपछि यतिखेर रूसविरुद्ध अमेरिका र पश्चिमा मुलुकहरूले दर्जनौं प्रतिबन्ध लगाएका छन् । रूसी सरकारी अधिकारीहरू, कम्पनीहरू र अर्बपतिहरूविरुद्ध प्रतिबन्ध घोषणा भएको छ ।

    अमेरिकाले रूसबाट हुने तेल आयातमा पनि रोक लगाएको छ । पश्चिमा मुलुकले धम्की दिइरहँदा रूसले पनि प्रतिबन्धका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ