• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अमेरिकाको नाम लिंदै रुसले गरिदियो यस्तो घोषणा

    1.6K
    SHARES


    काठमाडौँ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि रुसले प्रतिबन्धहरू लगाएको छ।

    आफ्ना प्रतिबन्धबाट अरू पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ। युरोपेली सङ्घ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्धहरू सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो।

    थप प्रतिबन्ध
    ब्रिटेनले रुसका थप ३७० जना व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको छ। त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ।

    ब्रिटिश सूचीमा पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषद्‌का अध्यक्ष दिमित्रि मेदभेदेभ, पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभ, रुसी रक्षामन्त्री सर्गेइ सोइगु र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालगायत छन्।

    यसअघि ब्रिटेनले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो। ईयूका प्रतिबन्धहरूमा महँगा गाडी, गहना लगायतका बिलासी वस्तुहरूको निर्यात परेका छन्। उसले रुसको उर्जा क्षेत्रमा हुने नयाँ लगानीमाथि पनि प्रतिबन्ध लगाउने भएको छ।

    त्यस्तै अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई युद्ध अपराधी ठहराएको छ। पुटिनले युक्रेनमा आक्रमण गर्दा युद्ध अपराध गरेको भन्ने प्रस्तावित विषयलाई सबै सासंदले एक मतका साथ सहमति जनाएको बीबीसीले जनाएको छ।

    रुसले युक्रेनमा आक्रमण गरिरहँदा त्यहाँ मानवअधिकार उल्लंघन भएको र युद्ध अपराध भएको विषयको अनुसन्धान गर्न पनि सिनेटले अन्तर्राष्ट्रिय अपराध न्यायालयमा माग गरेको छ।

    सिनेटमा डेमोक्रेटिक नेता चक सुमरले मंगलबारको मतदान अगाडि युक्रेनमा रुसले गरेको अत्याचारको लागि पुटिन जिम्मेवार भएको बताएका थिए। रुसी सेनाले तीन हप्तायता युक्रेनमा आक्रमण गरिरहँदा युक्रेनमा सयौं सर्वसाधारण मारिएका छन्।

    रुसी क्षेप्यास्त्र अस्पताल र विद्यालयमा खसेका छन्। बालबालिकाहरुको मृत्यु भएको छ भने एक गर्भवती महिला र उनको बच्चाको पनि ज्यान गएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ