• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युक्रेनी राजधानी किभमा हिँड्दै गरेका मानिस अगाडि यसरी खस्यो क्षेप्यास्त्र, भिडियोसहित

    644
    SHARES


    किभ। युक्रेनको राजधानी किभमा पार्क छेउमा हिँड्दै गरेका मानिसहरुको अगाडि क्षेप्यास्त्र प्रहार भएको भिडिओ अनलाइनहरूमा पोस्ट भएको छ। रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ।

    राजधानी किएभको आवासीय क्षेत्रमा सोमवार भएको बमबारीमा एक जनाको मृत्यु भएको थियो। अनलाइनहरूमा देखिएको किएभको सडकमा भएको क्षेप्यास्त्र प्रहारको भिडिओको आधिकारिकता बीबीसीले पुष्टि गरेको छ।

    यस्तै युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले २८० डलर जरिमाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।

    सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’

    ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् ।

    किभका आवासीय भवनलाई निशाना बनाउँदै रुसी सेना
    रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न सहरमा हमला तीव्र पारेको छ। रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरुमा बिस्फोट र मिसाइल प्रहार भएका छन्।

    युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल प्रहारमा दुई जनाको मृत्यु भएको छ। त्यस्तै ३५ जनाको उद्धार भएको छ। विस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेसनको अग्रभाग र कार्यालयहरूमा क्षति भएको किभको मेट्रो सञ्जालले जनाएको छ।

    किभबाट पश्चिमी क्षेत्रमा रहेको बोर्सचागोभका जिल्लामा कम्तिमा दुई ओटा शक्तिशाली बिस्फोट भएका छन्। रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलामा सयौ मानिस मारिएका छन्। रुसी हमलाका कारण झन्डै २५ लाख मानिस युक्रेन छोडेर छिमेकी मुल्ुकहरुमा शरण लिएका छन्।

    त्यस्तै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्। टेलिभिजनमा सम्बोधनमा गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले आफ्नो देशमा आक्रमण गर्दा चेचन्या द्वन्द्वमा भन्दा बढी क्षति बेहोरेको बताएका छन।

    राष्ट्रपति जेलेन्स्कीले युद्धले केही हासिल नहुने कुरा उनीहरुले बुझ्न थालेको उल्लेख गरेका छन्। रुसी सेनालाई ‘बाच्न चाहन्छौ?’ भन्दै प्रश्नमार्फत जेलेन्स्कीले भनेका छन् ‘आत्मसमर्पण गर्नेहरूलाई मानिसको रूपमा सभ्य व्यवहार गरिनेछ।’

    राष्ट्रपति जेलेन्स्कीले रुसमा राष्ट्रपति पुटिन विरुद्ध प्रदर्शन गर्नेहरुप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । सत्य उजार गर्न उनीहरुले प्रयास गरिरहेको भन्दै उनले धन्यवाद दिएका हुन। दुईदेशबीचको वार्ताका सम्बन्धमा राम्रो प्रगति भएको उनले आफ्नो सम्बोधनमार्फत बताएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ