• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    म्यादी प्रहरीमा भर्ना खुल्यो, क-कसले दिन पाउछन आवेदन, हेर्नुहोस सूचनासहित

    305
    SHARES


    काठमाडौँ । सरकारले १ चुनावका लागि लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ। आगामी बैसाखमा हुने चुनावमा खटाउनका लागि सरकारले १ लाख जना म्यादी प्रहरी भर्ना आह्वान गरेको हो ।

    म्यादी प्रहरीमा भर्ना हुनेका लागि नेपाली नागरिक हुनुपर्ने,  कुनै नैतिक पटक नदेखिने फौजदारी अभियोगमा कसुरदार नठरिएको, किन राजनतिक दलको सदस्य नरहेको हुनुपर्नेछ ।

    त्यस्तै शारीरिक तथा मानसिक रुपले तन्तुरुस्त रहेको, साधारण लेखपढ गर्न जान्ने १८ बर्ष उमेर पुगेको जोकोही नेपाली नागरिकले दरखास्त दिन पाउनेछन । तर सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) मा २०७८ सुन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्तुरिस्ती र स्वास्थ्य परिक्षणमा उत्रिर्ण भइ प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

    यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमा कार्यरत रही निबृत्तिकरण वा उपदानप्राप्त सुरक्षाकर्मी हरु तथा पूर्व बन रक्षकहरु र बिदेसी मित्र राष्ट्रका सुरक्षा निकायम काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरुले पनि प्राथमिकता पाउनेछन् ।

    यस्तै यस्तै बिगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा कार्यरत रही सन्तोषजनक रुपमा कार्य गरेका व्यक्तिहरुले पनि प्राथमिकताका भर्ना हुने पाउने व्यवस्था गरिएको छ ।

    यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धन सँगै या एक्लै चुनावमा जाने विषय टुंगो लगाउने बताएका छन् ।

    उनले अहिले कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलिरहेकाले गाउँ तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने/नगर्ने टुंगो लाग्ने बताए ।

    संखुवासभाको खाँदबारीमा प्रेस युनियनले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले केन्द्रमा गठबन्धन गर्ने निर्णय नभए पनि जिल्ला र गाउँ तहमा गठबन्धन हुनसक्ने बताए ।

    केन्द्रले गठबन्धन गरे पनि त्यो जिल्लास्तरमा लागू हुन नसक्ने पनि बताए । ‘यसको अन्तिम टुंगो केन्द्रीय समितिले चैतको तेस्रो साता लगाउने छ’, उनले भने, ‘वैशाख ३० मै स्थानीय तहको निर्वाचन हुन्छ, कसैले शंका नगरौं ।’

    महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानबाट कांग्रेसले मुख्य आठ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताए । ‘कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाएको छ’, उनले भने, ‘जनताको जीवन रक्षालाई प्रधान विषय बनाएका छौं ।’

    महामन्त्री शर्माले कांग्रेसले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनले यो अभियानमा कांग्रेसलाई मात्र नभई अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताए ।

    ‘अभियानमा जाँदा कांग्रेसले कुनै पनि पार्टीलाई आरोप-प्रत्यारोप नलगाई जनताका कुरामा विशेष चासो राख्छ’, उनले भने, ‘विशेष गरेर समृद्धि, संस्कार, संगठनलाई नयाँ ढंगले अघि बढाइ एकाकार गर्ने कुरामा केन्द्रित हुन्छौं ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ