• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकामाथि यो देशले गर्यो एकसाथ १२ मिसाइल आक्रमण

    3.6K
    SHARES


    एजेन्सी । तेस्रो विश्वयुद्धको संकेत देखिन थालेको छ । रुस–युक्रेन तनावका बीच इरानले अमेरिकामाथि हमला गरेको हो । इराकमा अमेरिकी दुतावासमा भएको मिसाइल आक्रमणको जिम्मेवारी इरानले लिएको छ ।

    इरानको रिभोल्युसनरी गार्डसले इरबिलमा १ दर्जन मिसाइल हानेको दावी गरेको छ । इरानको तर्फबाट सरकारी मिडियामा जारी बयान यो आक्रमण इरबिलमा इजरायलका रणनैतिक केन्द्रहरुमा गरिएको बताइएको छ ।

    मिसाइल आक्रमणपछि उत्तरी कुर्द क्षेत्रीय राजधानी इरबिलका गभर्नर ओमद खोशनावीले बताएअनुसार यी मिसाइलले अमेरिकी दुतावास र इरबिलमा एक कुर्दिश समाचार च्यानलको कार्यालयलाई निशाना बनाएका थिए ।

    मिसाइल आक्रमणपछि दुतावास परिसरमा आगो लागेको थियो । यो आक्रमणमा कुनै पनि मानवीय क्षतिको भने पुष्टि भएको छैन । इरानको सरकारी समाचार एजेन्सीका अनुसार रिभोल्युसनरी गार्डसले यो आक्रमणको जिम्मेवारी लिँदै बयान जारी गरेको छ । रिभोल्युसनरी गार्डसले इजरायललाई धम्की पनि दिएको छ ।

    इरानी सेनाले भनेको छ ‘इजरायलको कुनै पनि आक्रमणको जवाफ कठोर, निर्णायक र विनाशकारी तरिकाले दिइनेछ । यद्यपि अहिलेसम्म यो पुष्टि भएको छैन कि इरबिलमा इजरायलको उपस्थिति छ कि छैन ।

    यसका बावजुद मिसाइलको निशानामा अमेरिकी दूतावास र सैन्य अड्डा नै रहेका छन् । यस्तै यता युक्रेनमाथि रुसले आक्रमण गरेपछि संसारका प्रभावशाली मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै उसलाई एक्ल्याउन खोजिरहेका छन् ।

    तर रुसलाई विश्वको महाशक्ति मुलुक चीनको साथ प्राप्त छ । चीनले रुसलाई सैन्य सहायता उपलब्ध गराएको छैन किनकि उनीहरूबीच सैन्य साझेदारी छैन । तर रुसको सम्बन्धमा तटस्थताको नीति चाहिँ चीनले अपनाएको छ ।

    अरू मुलुकले जस्तो रुसलाई चीनले निन्दा गरेको छैन । युद्धलाई कूटनीति तथा वार्ताको माध्यमले अन्त्य गरिनुपर्नेमा चीनले निरन्तर जोड दिँदै आएको छ । रुस आफू संलग्न विवादमा अन्य राष्ट्र तटस्थ बसे मात्र पनि खुशी हुने गर्छ । चीनले अहिले त्यही कदममार्फत रुससँगको मित्रता कायम गरिरहेको छ ।

    त्यस्तै युक्रेनी सेनाले विद्यार्थीलाई हतियार बितरण गरेको छ । युक्रेनी सेनाले विद्यार्थीलाई हतियार चलाउन तालिम दिइरहेको भिडियो सार्वजनिक भएको छ । रुसले मानवीय क्षति कम होस् भनेर चाहेकै कारण यु’द्ध लम्बिएको छ ।

    राजधानी किभ नियन्त्रण लिन रुसी सेना अगाडि बढिरहेको विवरण सार्वजनिक भइरहेको बेला रुसी मिडियाले चेचन्या स्पेशल फोर्स पनि किभ पुगेको बताएका छन् ।

    लडाइँमा कुशल मानिएको चेचेन आर्मीका प्रमुख नै किभ नजिक पुगेको रुसी मिडियाको दाबी छ । बाक्लो हिउँमा चेचन्या स्पेसल फोर्सका जवानहरु अघि बढेको भिडियो रुसी मिडियाले सार्वजनिक गरेका छन् ।

    रुसको अंगको रुपमा चेचन्या पनि युद्धमा सहभागी भएको छ । त्यसअघि लद्ध लम्बिन थालेपछि बेलारुसले पनि रुसी सैनिकलाई सहयोग गर्ने विवरण सार्वजनिक भएका थिए ।

    बेलारुसका सेनाले युक्रेनको सीमा क्षेत्रमा बख्तरबन्द गाडी परेड खेलेको भिडियो सार्वजनिक भएको थियो । युद्धलाई शान्तिपूर्ण रुपमा टुंग्याउने प्रयास पनि भइरहेका छन् । यसैबीच पुनः दुबै देशका अधिकारीहरुले भिडियो बार्ता हुने बताएका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आजको वार्ता दुबै देशका राष्ट्राध्यक्षको वार्ताको समय मिलाउन हुने बताएका छन् । तर, रुसले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग वार्तालाई अस्वीकार गर्दै आएका छन् ।

    यसैबीच जेलेन्स्कीले पुनः नेटोलाई आफ्नो देशको हवाई क्षेत्रलाई निषेधित गर्न आग्रह गरेका छन् । यसअघि नेटोले त्यो गर्नु तेस्रो विश्वयु’द्ध हुने भन्दै अस्वीकार गर्दै आएको थियो । तर, जेलेन्स्कीको पछिल्लो भनाईबारे नेटोले केही बोलेको छैन ।

    अमेरिकाले रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको दाबी गरेको छ । अमेरिकाले रुसलाई सहयोग त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएको छ । तर, चीनले भने त्यसलाई स्वीकार गर्दै रुसले आफूसँग सहयोग नमागेको बताएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ