• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    साउदी विदेश मन्त्रीको राजनीतिक भेटघाट आज, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

    395
    SHARES


    काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा आएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राजनीतिक भेटघाट गर्दैछन्।

    परराष्ट्र मन्त्रालयका अनुसार बिहान १० बजे परराष्ट्र मन्त्रालयमा साउदले नेपाली समकक्षी नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन्। उक्त भेटवार्तापछि नेपाल र साउदी अरबबीच जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

    उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो ।

    करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । मन्त्री खड्काले साउदसहित साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन्।

    मंगलबार दिउँसो साउदी विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउद निजी विमान चढेर सोमबार काठमाडौं आएका हुन्। उनी आजै अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ