काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरु खारेज गर्ने निर्णय गरेको छ ।
हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमाथि छलफल भइ सो निर्णय भएको हो ।
पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकाहरुमा समानान्तर कमिटी गठन भएका थिए । अब कुनै पनि समानान्तर कमिटी नरहने केन्द्रीय समितिले निर्णय गरेको अध्यक्ष यादवले बैठकमा घोषणा गरेका हुन् ।
केन्द्रीय समिति, संघीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ भने बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक संगठनको समायोजन चैत १० गतेभित्र टुगों लगाउने निर्णय समेत गरेको छ । त्यसका साथै स्थानीय तहको चुनावमा केन्द्रीय सदस्यलाई समेत थप जिम्मेवारी दिने निर्णय गरेको छ ।
‘कुन केन्द्रीय सदस्यले कुन गाउँपालिका, नगरपालिकामा काम गर्न इच्छा देखाउँछन्, ती सदस्यहरुको नाम संकलन गरी सोही अनुसार जिम्मेवारी तोकिएको छ’ बैठकमा सहभागी एक नेताले बताए । बैठक अझै जारी छ ।
प्रतिक्रिया