• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    नेपाली भूमि मिचेर तटवन्द बनाउने काम बन्द गर्न मोदी सरकारलाई प्रकाण्डको चेतावनी

    1.9K
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नेपाली भूमि मिचेर तटवन्द बनाउने काम तत्काल बन्द गर्न भारत सरकारलाई चेतावनी दिएको छ ।

    खलंगा पारी वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले तटबन्धनको बाहानामा भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु-भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको नेकपाले जनाएको छ ।

    सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रकाण्डले भारतीय मोदी सरकारले एसएसबी मार्फत गरेको सिमा अतिक्रमणको बिरोध एवं भ्रर्त्सना गरेका छन्

    साथै उनले दुई देशको सिमाना सम्बन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा एसएसबीले तटवन्धको नाममा नेपाली भुमि अतिक्रमण गरेको भन्दै तटवन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भ- भाग तिर मोड्ने बदनीयतपुर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिएका छन् ।

    ‘दुई देशको सिमाना सम्बन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा SSB ले तटवन्धको नाममा नेपाली भुमि अतिक्रमण गरेको र तटवन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भ- भाग तिर मोड्ने बदनीयतपुर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिन चाहन्छौं ।’ प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    त्यस्तै खलंगा पारीको महाकाली नदिमा एसएसबीमार्फत भारतीय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न शेर वहादुर देउवा सरकारसंग माग पनि गरिएको छ ।

    ‘खलंगा पारीको महाकाली नदिमा एसएसबीमार्फत भारतीय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न शेर वहादुर देउवा सरकारसंग हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

    नेकपाले डोरीको सहारा र पौडीदै खलंगा तिर आईरहेको एसएसबीलाई फागुन ११ गतेका दिन प्रतिरोध र प्रतिवाद गर्ने देशभक्त खलंगावासी नेपाली जनतालाई हार्दिक बधाई सहित धन्यवाद दिएको छ । भारतीय दादागिरी र अतिक्रमण विरुद्धको प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासी जनसमुदायलाई विशेष अपिल गर्दै नेकपाले आफु जनताको साथमा रहेको जानकारी दिएको छ ।

    ‘डोरीको सहारा र पौडीदै खलंगा तिर आईरहेको SSB लाई फागुन ११ गते (Feb 23 ) का दिन प्रतिरोध र प्रतिवाद गर्ने देशभक्त खलंगावासी नेपाली जनतालाई हार्दिक बधाई सहित धन्यवाद व्यक्त गर्दछौं ।’  विज्ञप्तिमा भनिएको छ,-‘यसका विरुद्धको प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासी जनसमुदायलाई विशेष अपिल गर्दछौं नेपाल कम्युनिष्ट पार्टी तपाईहरुको साथमा रहने छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ