• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    फेसबुकपछि रूसले इन्स्टाग्राममा पनि लगायो प्रतिबन्ध

    374
    SHARES


    मस्को । यूक्रेनमाथि रूसको हमलाको असर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि पनि पर्न थालेको छ। रूसका मानिसहरूले अब सामाजिक सञ्जाल इन्स्टाग्राम पनि प्रयोग गर्न सक्ने छैनन्।

    रूसको सरकारले फेसबुकपछि अब इन्स्टाग्राममाथि पनि प्रतिबन्ध लगाएको छ। रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो।

    गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको छ। ट्विटरले रूस र यूक्रेनबीच जारी युद्धबीच विज्ञापनमा रोक लगाएको छ।

    मेटाको स्वामित्वमा रहेको फेसबुक एपमा रूसले अगावै प्रतिबन्ध लगाइसकेको छ। अब मेटा कै स्वामित्वमा रहेको दोस्रो एप इन्स्टाग्रामलाई पनि रूसमा प्रतिबन्धित गरिएको छ।

    फेसबुक र इन्स्टाग्राम बाहेक रूसमा टिकटकमा पनि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। टिकटक प्रयोगकर्ताहरूले अपलोड गरेको भिडियो हेर्न सक्छन्‚ तर नयॉं भिडियो अपलोड गर्न सक्दैनन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ