• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

    481
    SHARES


    काठमाडौँ । तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनामा ग.२ ख ३०७ नम्बरको बस र ग.३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किदा तीन जनाको मृत्यु भएको । मृत्यु हुनेमा सुमो चालक समेत तीन जना रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल हुँदै पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये एक जनाको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल र पाँच जनाको सोही अस्पताल हुँदै नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । चार जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पाल्पाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा लु.१४ प ६८६४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका भैरवस्थान बस्ने २० वर्षीय भरत गोदार रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलमा बीआर ०७ एएम ३०६३ नम्बरको कार आइतबार राति दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–१ हथलेटवा बस्ने २२ वर्षीय धिरज मण्डल रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जना घाइतेमध्ये १ जनालाई उपचारको लागि विराटनगर रिफर गरिएको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुर खोलामा ना।३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । टिपरमा जन्ती सवार रहेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ