• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    महिला विश्वकप क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

    321
    SHARES


    काठमाडौं । बंगलादेशले आईसीसी महिला क्रिकेट विश्वकपमा पहिलो जित हात पारेको छ । न्युजिल्याण्डमा भइरहेको विश्वकपमा बंगलादेशले पाकिस्तानलाई ९ रनले पराजित गर्दै विश्वकपमै पहिलो जित हासिल गरेको हो ।

    ह्यामिल्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ५० ओभर खेलेर ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । जवाफमा सिद्रा अमिनले शतक प्रहार गरे पनि पाकिस्तानले ९ विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो ।

    अमिनले १४० बल खेल्दै ८ चौका मद्दतमा १०४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै नहिदा खानले ४३ रन जोडिन् । पाकिस्तानले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे पनि बंगलादेशी बलरले पुनरागमन गर्दै पाकिस्तानलाई जितबाट रोके ।

    बंगलादेशका लागि फहिमा खातुनले ३ तथा रुमान अहमदले २ विकेट लिइन् । यस्तै जहनारा आलाम र सल्मा खातुनले समान १ विकेट लिए ।त्यसअघि फरगाना हकको अर्धशतक मद्दतमा बंगलादेशले २३४ रन बनाएको थियो ।

    फरगानाले सर्वाधिक ७१ रन बनाइन् । यस्तै कप्तान निगर सुल्तानाले ४६ र शार्मिन अख्तरले ४४ रन जोडिन् । पाकिस्तानका लागि नश्रा सान्धुले ३ तथा फतिमा साना, निदा दार र ओमाइना सोहिलले समान १ विकेट लिए ।

    ८ टोली सहभागी विश्वकपमा बंगलादेशले अंकको खाता खोल्दा पाकिस्तान लगातार चौथो हारपछि अंङ्कविहीन हुँदै पुछारमा छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ