• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसी आक्रमण बाहेक अर्को एउटा ‘गम्भीर’ आक्रमणसँग जुध्दै युक्रेनी युवा

    1.2K
    SHARES


    काठमाडौं। युक्रेनमा रुसको आक्रमण जारी छ । यही बीचमा सामाजिक संजालमा आफ्नो देशसँग जोडिएका गलत जानकारी र अराजकतासँग सम्बन्धित खबरहरुका बीच युक्रेनमा रहेका एक युवाका लागि यो कस्तो अनुभव हो ?

    कट्रिना युक्रेनको राजधानी किभमा बस्थिन् । उमेर केवल २४ वर्ष छ । गएको बिहीबार किभमा जब एक जोरदार विष्फोट भयो त्यसपछि उनी डराएर उठिन् । त्यसपछि जब उनले सोसल मिडिया खोलिन् उनले एकपछि अर्को यस्ता अपडेट पाइन् जो निकै डरलाग्दा थिए ।

    उनले मलाई बताइन् कि त्यो विष्फोटका ब्युँझिएपछि र सामाजिक संजालमा ती पोस्ट पढेपछि पहिलो काम उनले यो गरिन् कि आफ्नो साथीको साथमा फटाफट आफ्नो सामान बाँधिन् र बेसमेन्टमा गइन् । अहिले उनी लभिएभभन्दा केही पर आफ्नो गृहनगरमा छिन् र आफ्ना पुरुष मित्र, छिमेकीहरु र आफ्नो पाल्तु कुकुरसँग लुकेकी छिन् । उनी भन्छिन् ‘लुकेपछि जब मैले सोसल मिडिया हेरें यो मेरो लागि डरलाग्दो थियो ।

    उनका अनुसार उनको इन्स्टाग्राम फिड र स्टोरीमा युक्रेनमा रुसको आक्रमण सम्बनधी पोस्ट मात्रै थिए । धेरैजसो पोस्ट डरलाग्दा थिए । उनका साथीहरुले पनि केही वास्तविक पोस्ट राखेका थिए । तर केवल तथ्यगत पोस्टहरु थिएनन् धेरै फेक जानकारी पनि थियो ।

    इन्स्टाग्राम र टिकटक जस्ता अकाउन्टमा कैयौं यस्ता पोस्ट थिए जसमा दावी गरिएको थियो र युक्रेन–रुसको युद्ध ‘वास्तविक’ होइन यो केवल ‘एक धोका’ हो । कट्रिना भन्छिन् ‘यस्तै एक अकाउन्टलाई मैले ब्लक गरिदिएँ तर त्यसलाई ब्लक गरेलगत्तै एक अर्की केटीको प्रोफाइल फोटोको साथ अर्को अकाउन्टबाट मलाई म्यासेज आउन थाले ।

    यो प्रोफाइलबाट रुसी भाषामा लेखिएको थियो ।’ ट्रोलरहरु निकै सक्रिय रुपमा काम गरिरहेका छन् । खास कुरा यो हो कि उनीहरु पूरै युक्रेनमा महिलाहरुसँग अलग अलग किसिमले सम्पर्क पनि गरिरहेका छन् । बलीना १८ वर्षकी छिन् । उनले पनि कैयौं यस्ता पोस्ट भेटिन् जसलाई पढेपछि उनी त्रसित भइन् ।

    उक यस्तै पोस्टमा रुसीहरुको तर्फबाट दावी गरिएको थियो कि दक्षिण पूर्वी युक्रेनमा जेपोरिज्ज्याको आसपासको क्षेत्र नष्ट हुनेवाला छ । यद्यपि यो हल्ला झुटो थियो । अलीना जतिबेला मसँग कुरा गरिरहेकी थिइन्, आफ्नो बेडरुममा थिइन् । उनी रातभर हुने हवाइ फायरिङ र आक्रमणबाट थाकिसकेकी छिन् ।

    मसँग कुरा गर्दै उनले भनिन् कि आक्रमणबाट जे नोक्सानी भइरहेको छ त्यो त छ नै तर च्याट एपहरु जस्तो कि टेलिग्राम र अन्य सोसल मिडिया प्लेटफर्ममा फैलिएका हल्लाले पनि त्रास उत्पन्न गरिरहेका छन् । उनी भन्छिन् ‘रुसीहरु खासगरी हाम्रो च्याट खोज्छन् र माहीलाई लेख्छन् कि कहीँ विष्फोट भइरहेको छ । कसैले लेख्छ कि फलानो ठाउँमा विष्फोटको सूचना छ । कसैले त्यही जानकारीलाई झुटो बताउँछन् ।

    उनले टेलिग्राममा एउटा अर्को भिडियो देखेकी थिइन् जसमा भनिएको थियो कि उनको गृहनगर नजिकै एयरपोर्टमा बम विष्फोट भएको छ । तर यो विष्फोट उनको गृहनगरमा होइन मारियुपोलमा भएको थियो । तर, फेक खबरहरु यहीँसम्म सीमित छैनन् ।

    २०२० मा बेरुतमा भएको भयानक विष्फोटका फुटेज पनि तीब्र रुपमा शेयर गरिएका छन् । बेरुत विष्फोटको फुटेजलाई युक्रेन आक्रमणको भनेर टिकटक र अन्य सोसल मिडियामा शेयर गरिएको छ । यी भिडियो क्लिप लाखौं पटक हेरिएका छन् ।

    मार्टा २० वर्षकी छिन् र अहिले उनी बेलायतमा फसेकी छिन् । उनी यहाँ साथीहरु भेट्न आएकी थिइन् त्यही बेला युद्ध सुरु भयो । उनका अनुसार उनले सिरिया र इराकका भिडियो देखेकी छिन् जसलाई युक्रेनको बताएर सोसल मिडियामा पोस्ट गरिएको छ ।

    उनका अनुसार टिकटक र अन्य सामाजिक संजालमा पोस्ट गरिएका यी भिडियो देखेर उनी डराएकी छिन् र केही हदसम्म आक्रोशित पनि छिन् । जुन तीन महिलाहरुसँग हामीले कुरा गर्यौं उनीहरुका अनुसार उनीहरु यो स्थितिमा आफूलाई एउटा अर्को युद्धसँग पनि जुधिरहेको पाएका छन् । एक यस्तो युद्ध जो सामाजिक संजालमा जारी छ र जसको कुनै सीमा छैन ।

    मार्टा भन्छिन् ‘सोसल मिडियामा धेरै यस्ता पोस्ट छन् जसमा युक्रेनलाई झुटो भनिएको छ । केही भिडियो यस्ता पनि छन् जसमा युद्धको लागि युक्रेनलाई जिम्मेवार मानिएको छ र रुसको महिमामण्डन गरिएको छ । केही भिडियोमा यो दावी गरिएको छ कि युद्धको स्थिति जानीजानी रोजिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ