• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मोरङमा १८ महिने बालिकाको बला’त्कारपछि ह’त्या, २ जना पक्राउ

    735
    SHARES


    मोरङ । डेढ वर्षीया बालिकाको बला’त्कारपछि ह’त्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बला’त्कारपछि ह’त्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

    बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।

    गाँजाको सुरुमा बलात्कार पछि ह’त्या
    फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए ।

    गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेको प्रहरीको भनाइ छ । अजय चौधरीले बला’त्कार गरेको र बालिका रुन थालेपछि पीडितको टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    तत्पश्चात् मिथुन चौधरीले समेत करणी गरी पीडितलाई सोही स्थानमा छाडी फरार भएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ