• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन- गगन थापा

    292
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् ।

    कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाे बताएका हुन् ।

    अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए ।

    ‘तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।’

    पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्राे साताभित्र निर्णय हुने बताए ।

    ‘अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको छ । तल्लो तहको समिति र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय समितिले निर्णय गर्छ,’ उनले भने, ‘नेपाली कांग्रेस आगामी दिनमा यसको निर्णय लिन्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ