• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    संसदमा जबराबिरुद्धको महाभियोग प्रस्तुत, यस्ता छन् आरोप

    449
    SHARES


    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तुत गरेका छन् ।

    आइतबार बसेको बैठकमा संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम गुरुङसहित सांसदहरु पुष्पा भुसाल र जीवन राम श्रेष्ठ प्रस्तावक तथा ९५ जना सांसदहरु समर्थक रहेको प्रधानन्यायाधीश विरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव प्रस्तुत भएको हो ।

    महाभियोग प्रस्तुत गर्दै गुरुङले प्रधान न्यायाधीश जबराले संविधान र पदीय आचरण विपरित कार्य गरेको बताए । उनले संविधानको धारा १०१ को उपधारा (२) मा व्यवस्था भए बमोजिम संविधान र कानुनको गम्भीर उल्लंघन गरेको।

    त्यस्तै  कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेकोले प्रतिनिधि सभामा कायम रहेका एक चौथाई बढी सांसदले महाभियोग पेश हुने सूचना गरेको गुरुङले बताए ।

    गत फागुन १ गते प्रधानन्यायाधीश विरुद्ध ३ जना सांसद प्रस्तावक र ९५ जना सांसदको समर्थनमा महाभियोग दर्ता गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ