काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एमालेको भोट बढ्नेगरी अभिव्यक्ति दिएका छन् । उनले एमालेसँग प्रसस्त पैसा भएकाले बोराका बोरा पैसा लिएर आउने सूचना जनतालाई दिएपछि एमालेको भोट बढ्ने भएको हो ।
मासु/चिउरामा विक्ने नेपाली जनता २/४ हजार पाए भोट हाल्न तयार हुन्छन् । एमालेसँग प्रसस्त पैसा भएको सूचना बाहिर आएपछि जनता एमालेको पछि लाग्ने विश्लेषण गरिएको छ ।
तर एमालेले जनताको माग पुरा गर्न सक्छकी सक्दैन, त्यसमा भर पर्छ । खनालले निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।
सत्ता गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका कांग्रेसका नेताहरूले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप उनले लगाए । कांग्रेस र एमाले निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोप समेत उनले लगाए ।
आफ्नो पार्टीसँग कुनै पैसा नभएको भन्दै उनले जनता र सर्वहारा वर्गको पार्टीको रूपमा एकीकृत समाजवादी रहेको जिकिर गरे । सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यावहारिक रूपले अघि बढ्ने बताए ।
‘अब चुनावमा विभिन्न खालका शक्तिहरू अहिले आउँदै छन् । एउटा कांग्रेस, कांग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरूको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरूले, त्यो सबै धाक पैसाको हो । अरू केही को होइन ।’ उनले भने ।
‘तर, कतिपय कांग्रेस, प्रधानमन्त्रीजी होइन, हामी एकताबद्ध भएर जानुपर्छ, गठबन्धन कायम राखेर जानुपर्छ, भन्नुहुन्छ,’ उनले भने, ‘कांग्रेसभित्र दुई धार प्रस्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । अर्को इलेक्सनमा हामी पक्का जित्छौँ ।’
‘हामीले जित्ने हिसाबले जानुपर्छ । तर, अरू बोरामा पैसा लिएर आउँछन् । केपी ओली पनि बोरामा पैसा लिएर जान्छन् । कांग्रेसका एकता नचाहने मान्छेले बैठक गरे, उनीहरूले को मान्छेलाई हराउने भन्दा नम्बर एकमा झलनाथ खनाललाई भने । उनीहरूले त्यही ढंगले प्रयत्न गर्दछन् ।’ उनले थपे ।
सम्मानित नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढिरहेको भन्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए । देशमा निर्वाचनहरू सामान्यतः राष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने, त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानुन नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरे ।
प्रतिक्रिया