किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय मात्रै युक्रेनी सेना मारिएको बयान दिएका छन् ।
२४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ ।
युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्र’हार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आ’क्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ ।
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
यता युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रँदै गएको र धेरै सहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७औँ दिन शनिबार ‘विशेष सैन्य कारबाही’का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।
‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रँदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भनेका छन्।
युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत्, पानी, खाद्यान्न र औषधिबाट वञ्चित भएको उनले बताए ।
दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रबादीहरुले घेरा हालेको सहरमा लाखौँ मानिस फँसेको उनले बताए । ‘विदेशीसहित लाखौँ मानिसहरूलाई राष्ट्रबादीहरुले नियन्त्रणमा लिएका छन् ’, उनले भने । युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।
प्रतिक्रिया