• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमाले नेता पाण्डेका छोरा ६ करोड ठगी आरोपमा प’क्राउ, मेयर बाबुको आडमा गर्थे यस्तो काम

    1K
    SHARES


    काठमाडौँ । ६ करोड रकम ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा उनीविरुद्ध विभिन्न व्यक्तिले झण्डै ६ करोड ठगी गरेको उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले काठमाडौंमा लुकिछिपी बस्दै आएका पाण्डेलाई शनिवार बिहान पक्राउ गरेको हो ।

    सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले पक्राउ परेका पाण्डेलाई थप कारवाही प्रक्रियाको लागि जिप्रका दाङ पठाउने तयारी भइरहेको जानकारी दिएका छन् । त्यसअघि पाण्डेविरुद्ध घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले ठगी गरेको बताउँदै उजुरी दर्ता गराएका थिए ।

    घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

    निर्माण व्यवसायी पाण्डेविरुद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो ।

    पाण्डेले तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा पाएका थिए । उनि तुलसीपुर उप–महानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा समेत रहेको प्रहरीले जनाएको छ । ठेकेदार पाण्डेविरुद्ध १६ जनाले ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

    प्राय स्थानिय तहका जनप्रतिनिधिहरुले आफै ठेक्का लिने र सरकारी कमिशन पनि आफै खाने गरेका छन् भने केही जनप्रतिनिधिहरुले आफ्ना आफन्तहरुका नाममा ठेक्का लिने र बजेटको आधा भन्दा बढी हिस्सा आफैले कुम्ल्याउने गरेका छन् । पछिल्लो पटक बाहिर आएको घटना त्यसैको एउटा उदाहरण हो ।

    समाचार स्रोतका अनुसार ठेकेदार पाण्डेले आफ्ना बाबु मेयर भएका कारण उसको आडमा ठुलठुला ठेक्का हात पर्ने गरेका थिए । उनले बाबुको आडमा हात पारेका प्राय ठेक्कापट्टाबाट महिनामा करोडौ रकम कमाउने गरेको स्थानियहरुले समेत बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ