युक्रेन आक्रमणपछि रसियाबाट बाहिरिने पहिलो प्रमुख पश्चिमा बैंक हो ‘गोल्डम्यान स्याक्स’। करोडौँ डलरको मूल्य चुकाएर अन्य बैंकहरुले पनि ‘गोल्डम्यान स्याक्स’को पथ पछ्याउने सम्भावना प्रबल देखिएको छ। तर यो कदम उनीहरुका लागि कम सस्तो भने छैन। नियामक तथा इजाजतपत्र मापदण्डहरूको पालना गर्दै रसियामा आफ्नो व्यवसाय बन्द गरेको गोल्डम्यान स्याक्सका प्रवक्ताले बताएका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको घोषणा गरेपछि रसियाका केन्द्रीय बैंक तथा शीर्ष वाणिज्य बैंकहरुले प्रतिबन्धको सामना गर्नुपरेको छ। जसले रसियाको अधिकांश वित्तीय प्रणालीलाई प्रभाव पारेपछि पश्चिमी बैंकहरूले आफ्नो जोखिमको हिसाबकिताब गर्न सुरु गरेका छन्।
रसियाली अर्थतन्त्रको लगभग सबै क्षेत्रबाट पश्चिमी व्यवसायहरू बाहिरिएपछि पनि यो अवस्था सिर्जना भएको हो। त्यस्तै, ‘रेटिङ एजेन्सी’हरूले रसियाको ऋण पूर्वनिर्धारित भएको बताएका छन्। ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ले बिहीबार रसियाको सदस्यता निलम्बन गरेको छ। उसका अनुसार अन्तर्राष्ट्रिय बैंकहरूसँग रसियाली संस्थाहरूले १२१ बिलियन डलरभन्दा बढी ऋण लिएका छन्।
युरोपेली बैंकहरूले कुल ८४ बिलियन डलरभन्दा बढी ऋण उठाउन बाँकी छ। जसमा फ्रान्स, इटाली र अस्ट्रियाका बैंकहरुको हिस्सा ठूलो छ। र, अमेरिकी बैंकहरूको १४.७ बिलियन डलर ऋण बक्यौता छ। ‘गोल्डम्यान स्याक्स’ (जीएस)ले डिसेम्बर २०२१ सम्ममा रसियामा ६५० मिलियन डलर ऋण बक्यौता रहेको खुलासा गरेको थियो।
धेरै घाटा बेहोरेका अन्य बैंकहरूले पनि चाँडै रसियाबाट बाहिरिने जीएसको पथ पछ्याउन सक्ने अनुमान गरिएको छ। क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले बिहीबार रसियाको आर्थिक अवस्था ‘पूर्ण रूपमा अप्रत्यासित’ बनेको बताए। उनले ‘आर्थिक युद्ध’को लागि पश्चिमाहरुलाई दोषसमेत लगाए। मस्कोले प्रतिबन्धहरूको बदला लिने बताएको छ। केही बैंकहरूले उनीहरूको सम्पत्ति क्रेमलिनले जफत गर्न वा राष्ट्रियकरण गर्न सक्ने आशंका व्यक्त गरेका छन्।
‘फिच रेटिङ्स’ले ‘ठूला पश्चिमी युरोपेली बैंकहरूको सम्पत्तिको गुणस्तरमा रसियाको युक्रेन आक्रमणको नतिजाले दबाब दिने’ चेतावनी दिएको थियो। अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पालना गर्नुपर्दा उनीहरूको कामकारबाही पनि बढ्दो जोखिममा पर्ने उसले बताएको थियो।
फ्रान्सेली बैंक सोसिएट जेनेराल (एससीजीएलएफ) ले गत हप्ता नै आफूहरुले ‘सबै कानुन र नियमहरूको कडाइका साथ पालना गरिरहेको र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू सार्वजनिक हुनेबित्तिकै कडाइका साथ पालना गर्न आवश्यक उपायहरू अपनाइरहेको’ बताएको थियो।सो बैंकले गत वर्षको अन्त्यसम्ममा रसियामा करिब २१ बिलियन डलर ऋण बक्यौता रहेको बताएको थियो।
त्यस्तै, फ्रान्सको बीएनपी परिबास (बीएनपीक्यूएफ) ले रसिया र युक्रेनमा गरी कुल ३ बिलियन युरो (३.३ बिलियन डलर) ऋण बक्यौता रहेको जानकारी दिएको छ। सन् १९८९ देखि रसियामा सञ्चालन भइरहेको इटालीको युनिक्रेडिट ९यूएनसीएफएफ० ले गत हप्ता उसको रसियाली शाखा ‘धेरै तरल र सेल्फ(फन्डेड’ रहेको बताएको थियो।
सो फ्रानचाइज बैंकको रेभिन्यूको ३ प्रतिशत मात्र भएको उसले बताएको छ। रसियामा आफ्नो बक्यौता ऋण ८.१ बिलियन डलर रहेको बैंकले बताएको छ। क्रेडिट सुइस (सीएस)ले बिहीवार रसियामा १ बिलियन स्विस फ्र्याङ्क (१.१ बिलियन डलर) ऋण उठाउन बाँकी रहेको बताएको थियो।
जर्मनीको डोइच बैंक (डीबी) ले बुधबार एक विज्ञप्तिमार्फत रसियामा आफ्नो ‘सीमित’ एक्सपोजर भएको बताएको थियो। उसले १.५ बिलियन डलर ऋण जोखिम रहेको बताएको छ। सन् २०१४ देखि नै रसियामा आफ्नो एक्सपोजरमा उल्लेखनीय रूपमा कमी ल्याएको बताउँदै बैंकले गत दुई हप्तामा थप कारबाही अघि बढाएको बताएको छ।
अमेरिकी बैंकहरूको पीडा पनि कम छैन। सिटीग्रुप (सी) ले गत हप्ता रसियामा कुल एक्सपोजर लगभग १० बिलियन डलर रहेको बताएको थियो। बैंकका प्रमुख वित्तीय अधिकृत मार्क मेसनले लगानीकर्ताहरूलाई ‘विभिन्न तनावपूर्ण परिदृश्यहरूमा’ परिणामहरूको मूल्याङ्कन गर्न परीक्षणहरू गरिरहेको जानकारी दिइएको बताए।
उनले ‘गम्भीर’ परिदृश्यमा बैंकले लगभग आधा एक्सपोजर गुमाउन सक्ने बताए। युरोपेली केन्द्रीय बैंकले बिहीबार बैंकिङ क्षेत्रको जोखिमबारे सम्बोधन गर्दै युरोपको बैंकिङ क्षेत्रको जोखिमबारे सम्बोधन गर्दै युरोपको वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र तनावपूर्ण अवस्ताको सीमित संकेतहरू मात्रै रहेको बताएको छ।
प्रतिक्रिया