• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसले निरन्तर आक्रमण गरेपछि अमेरिकाले पठायो ठुलो संख्यामा सेना

    4.4K
    SHARES


    काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई घेराबन्दी गर्नको लागि १२ हजार सैनिक पठाएको बताएका छन्। उनले यी सैनिक रुससँगको सीमामा तैनाथ गरिने बताएका छन्।

    बाइडेनका अनुसार यी सैनिकहरु रुससँग सीमा जोडिएका देशहरु लातभिया, इस्टोनिया, लिथुआनिया र रोमानियामा तैनाथ गरिने उनले बताए। सेना पठाइएको घोषणा गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यो युद्धमा सफल नहुने बताए।

    शुक्रबार हाउस डेमोक्रेटिक ककसका सदस्यहरुलाई सम्बोधन गर्दै उनले युक्रेनमा तेस्रो विश्वयुद्ध नलडिने बताए। तर, उनले रुसलाई नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गरिने’ बताए।

    राष्ट्रपति बाइडेनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताए। उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने चेतावनी दिए।

    युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ। यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्।

    जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ। उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्।

    रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरू भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो।

    अमेरिकाले यो ‘पूर्ण रूपमा मिथ्या जानकारी’ भएको र रुसले युक्रेनमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न झुट फैलाइरहेको बताएको छ।यसैबीच युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शुरू हुँदा नेटोले उसका फौजलाई १४ मार्च सोमवारका दिन नर्वे पठाउने जनाएको छ।

    २७ देशका करिब ३०,००० सैनिक, २०० विमान र ५० वटा ट्याङ्कहरूले ‘कोल्ड रेसपोन्स २०२२ अभ्यास गर्ने ठानिएको छ। यसलाई नेटो फौज संलग्न यो वर्षको सबभन्दा ठूलो अभ्यास भनिएको छ।

    मार्च १४ मा शुरू हुने यो अभ्यासले पश्चिमा मुलुकहरूलाई ध्रुवीय लगायत चीसो मौसममा जमिनमा, समुन्द्रमा र आकाशमा उनीहरूको युद्ध कौशल तीखार्न मद्दत मिल्नेछ।

    यो अभ्यास रुसी सीमाको केही सय किलोमिटर टाढा हुनेछ। मस्कोको युक्रेनमाथि आक्रमण गर्नु अगाडि नै योजना बनाइएको यो अभ्यासको महत्त्व अहिले त्यहाँ भइरहेको युद्धका कारण झन् बढेको छ।

    नर्वेका रक्षा मन्त्री अड रोजर एनोकसेनले भने, यो अभ्यास नर्वे र उसका सहयात्रीहरूका लागि असाध्यै मह्त्त्वपूर्ण छ। यो सैन्य अभ्यास १ एप्रिलमा अन्त्य हुने ठानिएको छ।

    तेस्तै, रुसले युक्रेनमाथि गरेको आक्रमणका बीचमा अमेरिका सहित नेटो देशहरुले युक्रेनमा आतंकवादी लडाकूहरु पठाइरहेको आरोप लागेको छ। रुसको फरेन इन्टेलिजेन्स सर्भिसले शुक्रबार यस्तो चेतावनी दिएको हो।

    इन्टेलिजेन्स सर्भिसका अनुसार यी आतंकवादीहरु डोनाबासमा तैनाथ गर्नको लागि पठाइएका हुन्। यी आतंकवादीहरुलाई सिरियामा अमेरिका नियन्त्रित अल तान्फ मिलिट्री बेसमा प्रशिक्षण दिइएको दावी गरिएको छ।

    रुसी इन्टेलिजेन्स एजेन्सीका अनुसार यी आतंकवादीहरुलाई युक्रेनमा पठाएसँगै अमेरिकाले मध्यपूर्व र अफ्रिकामा नयाँ आतंकवादी युनिट तयार गर्ने कामलाई पनि निरन्तरता दिएको छ र यी आतंकवादीहरु प्रशिक्षित भएर तयार भइसकेपछि उनीहरुलाई पोल्याण्डको बाटो भएको युक्रेन पठाइनेछ।

    समाचार एजेन्सी एएनआइका अनुसार बिहीबार मात्रै रुसी रक्षा मन्त्रालयले अमेरिकी मिलिट्री इन्टेलिजेन्सले युक्रेन पठाउनका लागि विदेशी लडाकू भर्ती गर्ने काम अगाडि बढाएको बताएको थियो।

    रुसी रक्षा मन्त्रालयका अनुसार करिब २०० क्रोएसियन लडाकूहरु गत हप्ता पोल्याण्डको बाटो हुँदै युक्रेन पुगेका छन्। रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेंकोभले भने।

    अमेरिकी मिलिट्री इन्टेलिजेन्सले प्राइभेट मिलिट्री कम्पनीका लडाकू भर्ती गरेर युक्रेन पठाउनको लागि ठूलो परिमाणको प्रोपोगाण्डा अभियान सुरु गरेको छ।

    सबैभन्दा पहिले अमेरिकी कम्पनी एकाडेमी क्युबिक र डीन कर्पोरेसनका लडाकूहरुलाई भर्ती गरिएको छ। गत हप्ता मात्रै करिब २०० लडाकूहरु क्रोएसियाबाट पोल्याण्ड हुँदै आएका छन्।

    उनले यसरी विदेशबाट भाडाका लडाकूको रुपमा आएका लडाकूहरुलाई युद्धको क्रममा नियन्त्रणमा लिइए उनीहरुलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारमा युद्ध बन्दी मान्न नमिल्ने र आपराधिक अभियोगमा कानुनी कारवाही गरिने बताए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ