काठमाडौँ । चीनका प्रधानमन्त्री ली खछ्याङले आगामी मार्चमा आफ्नो कार्यकाल सकिएपछि पदबाट राजीनामा दिने बताएका छन् ।
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको वरिष्ठताको रोलक्रममा दोस्रो नम्बरमा रहेका नेता ली सन् २०१३ देखि प्रधानमन्त्री छन् । ‘म प्रधानमन्त्री हुने यो अन्तिम वर्ष हो,’ पत्रकार सम्मेलनमा उनले भने ।
आगामी पाँच वर्षका लागि नेताहरू छनोट गर्न यस शरद ऋतुमा हुने पार्टी बैठकमा राष्ट्रपति सी जिनपिङ पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ ।
सन् २०१५ चीनले राष्ट्रपति पद धारण गर्नेका लागि दुई कार्यकालको सीमा घटाउन आफ्नो संविधान संशोधन गरेको थियो । पार्टी नेताहरुले आगामी प्रधानमन्त्री छनौट गर्न सक्छन् ।
यता भरतमा भने पाँचवटा राज्यमा भएको विधानसभा चुनावमा पञ्जाबमा आम आदमी पार्टीले जित हासिल गरेको छ। अन्तिम समयमा आम आदमी पार्टीले एक व्यक्तिमाथि बाजी खेल्यो र उनको जादु पञ्जाबमा चल्यो ।
उनले पञ्जाबमा यस्तो ‘झाडू’ प्रयोग गरे कि उनले काँग्रेस र शिरोमणि अकाली दलजस्ता दुई प्रमुख दलहरूलाई बढारे। अरविन्द केजरीवालले पन्जाबको मुख्यमन्त्री घोषित गरेको व्यक्तिको नाम भगवन्त मान हो।
भगवन्त मानको जन्म १७ अक्टोबर १९७३ मा भारतको पञ्जाब जिल्लाको सङ्गरुर जिल्लाको सन्तोज गाउँमा भएको थियो। उनले सस कलेज सङ्गरुर पञ्जाबबाट बीकम गरेका छन् । स्नातक गरेपछि मान जागिर वा व्यापारबाट टाढा रहे । उनी केही फरक गर्न चाहन्थे।
भगवन्त मानले हास्य कलाकारको रूपमा आफ्नो करियरको सुरुवात गरे । उनले थुप्रै स्टेज शो र फिल्ममा काम गरेर नाम कमाए । भगवन्त मान सुरुदेखि नै आम आदमी पार्टीको अङ्ग थिएनन् । मानले मनप्रीत सिंह बादलको पञ्जाब पिपुल्स पार्टीबाट आफ्नो राजनीतिक पारीको शुरुवात गरेका थिए ।
उनले सन् २०१२ मा लहरा विधानसभा सीटबाट प्रतिस्पर्धा गरेका थिए तर पराजित भएका थिए। त्यसपछि मनप्रीत काँग्रेस र भागवत मानले आम आदमी पार्टीमा सामेल भए ।
सन् २०१७ को पञ्जाब विधानसभा चुनावमा भागवत मानले जललाबाद विधानसभा सिटबाट पञ्जाबका तत्कालीन उपमुख्यमन्त्री तथा शिरोमणि अकाली दलका नेता सुखबीर सिंह बादलविरुद्ध प्रतिस्पर्धा गरेका थिए।
तर, उनले सुखबीर सिंहविरुद्ध पराजय भोगे । मनले सन् २०१९ मा सङ्गरुर सिटबाट लोकसभा चुनाव लडेका थिए । त्यहाँ एक लाख भन्दा बढी मतले पनि विजयी भएका थिए ।
भगवन्त मान सन् २०१७ मा आपको पञ्जाब इकाईको प्रमुख बनेका थिए। उनले सन् २०१८ मा लागु औषधको आरोप र मानहानी मुद्दापछि पदबाट राजीनामा दिएका थिए । तर पछि उनले केजरीवालको आग्रहमा फेरि पद स्वीकार गरेका थिए ।
जानकारी अनुसार भगवन्त मानमाथि रक्सी खाएर संसदमा पुगेको आरोपसमेत लागेको थियो । यो विवादका कारण सन् २०१९ मा उनले आम आदमी पार्टीको जनसभामा अब कहिल्यै रक्सी नपिउने शपथ लिएका थिए ।
भगवन्त मानले इन्दरप्रीत कौरसँग विवाह गरेका थिए । यद्यपि यी दुई सन् २०१५ मा छुट्टिएका थिए । उनीहरूका दुई जना छोराछोरी छन् ।
एक अन्तर्वार्तामा उनी आफैँले राजनीतिको कारण आफ्नो परिवारलाई समय दिन नसकेको स्वीकार गरेका थिए । यही कारणले गर्दा उनको पत्नीसँग निरन्तर विवाद भइरहन्थ्यो । पछि आपसी सहमतिबाट आफूहरू अलग भएको उनको भनाइ थियो ।
प्रतिक्रिया