• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतले झुक्किएर पाकिस्तानमा क्षेप्यास्त्र खसाल्यो

    1K
    SHARES


    काठमाडौं । भारतले भुलबस पाकिस्तानी क्षेत्रमा मिसाइल प्रहार गरेको छ। पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ।

    स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै खसेको जनाएको छ।

    साँझ ६ः४३ बजे उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र पाकिस्तानी सेनाले पत्ता लगाएको थियो।

    रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो।

    पाकिस्तानमा मिसाइल प्रहार भुलबस भएको भारतले स्वीकार गरेको छ। भारत सरकारले यो घटनाको छानबिन गर्न कोर्ट अफ इन्क्वाइरीको आदेश पनि दिएको छ ।

    भारतीय रक्षा मन्त्रालयले घटना खेदजनक भएको उल्लेख गर्दै कुनै मानवीय क्षति नभएको जनाएको छ । त्यस्तै २२ महिना अगाडि भारत र चीनका सेनाबीच गलवान उपत्यकामा हिंस्रक झडप भएको थियो।

    सो झडपमा भारतका २० र चीनका ६ सेनाको ज्यान गएको थियो। त्यसयता चीन र भारतबीचको सीमा विवाद उत्कर्षमा छ। सीमा विवाद अन्त्य गर्ने विषयमा दुई देशका सेनाबीच हालसम्म १४ पटक छलफल भइसकेको छ।

    यद्यपी ठोस निर्णय ननिस्किए पनि प्रगति भने हुँदै गएको छ। आज शुक्रबार पनि चिनियाँ र भारतीय सेनाका प्रतिनिधिबीच १५ औं चरणको वार्ता भइरहेको छ।

    बिहान दश बजेदेखि भारतीय क्षेत्र चुसुल–मोल्दोमा वार्ता जारी रहेको बताइएको छ। यो वार्तामा गस्ती जाने क्षेत्र पोइन्ट १५ मा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

    भारतीय सेनाको नेतृत्व लेफ्टिनेन्ट जनरल अनिद्य सेनगुप्ताले गरेका छन्। वार्तामा विवाद जारी रहेको क्षेत्र देपसाङ बोल्गी र देमचोकबाट सेना हटाउने विषयमा पनि छलफल हुनेछ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ