• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खस्यो

    1.6K
    SHARES


    काठमाडौँ । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ। स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेट्याएको बताएको छ।

    साँझ ६:४३ बजे (१३:४३ GMT) उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता लगाएको थियो। रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो।

    तर पाकिस्तानको सो दाबीप्रति भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। भारतको जम्मु कस्मिरको गुरेज सेक्टरमा आज शुक्रबार भारतीय सेनाको चिता हेलिकप्टर दुर्घटनाग्रस्त बनेको छ।

    समाचार संस्था एएनआईका अनुसार चिता हेलिकप्टर दुर्घटनाग्रस्त बनेपछि सो हेलिकप्टरमा सवार पाइलटसहितका चालकदल सदस्य बेपत्ता भएका छन्।

    यतिबेला हेलिहप्टर दुर्घटनामा परेको क्षेत्रमा उद्धार टोली खटाइएका छन्। भारतीय अधिकारीका अनुसार चिता हेलिकप्टर एक इन्जिन हेलिकप्टर हो। भारतीय सेनासँग यस्ता २ सय हेलिहप्टर छन्।

    हालसम्म ३० वटा यस्ता हेलिकप्टर दुर्घटनामा पर्दा ४० सेनाको ज्यान गइसकेको द प्रिन्टले जनाएको छ। यो हेलिकप्टरलाई मृत्युको पासो समेत भनेर चिन्ने गरिन्छ किनभने यसमा एउटा मात्र इन्जिन हुन्छ। एउटा इन्जिन फेल खादा हेलिकप्टर दुर्घटनामा पर्ने निश्चित हुन्छ।

    त्यस्तै २२ महिना अगाडि भारत र चीनका सेनाबीच गलवान उपत्यकामा हिं’स्रक झडप भएको थियो। सो झडपमा भारतका २० र चीनका ६ सेनाको ज्यान गएको थियो। त्यसयता चीन र भारतबीचको सीमा विवाद उत्कर्षमा छ।

    सीमा विवाद अन्त्य गर्ने विषयमा दुई देशका सेनाबीच हालसम्म १४ पटक छलफल भइसकेको छ। यद्यपी ठोस निर्णय ननिस्किए पनि प्रगति भने हुँदै गएको छ। आज शुक्रबार पनि चिनियाँ र भारतीय सेनाका प्रतिनिधिबीच १५ औं चरणको वार्ता भइरहेको छ।

    बिहान दश बजेदेखि भारतीय क्षेत्र चुसुल–मोल्दोमा वार्ता जारी रहेको बताइएको छ। यो वार्तामा गस्ती जाने क्षेत्र पोइन्ट १५ मा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

    भारतीय सेनाको नेतृत्व लेफ्टिनेन्ट जनरल अनिद्य सेनगुप्ताले गरेका छन्। वार्तामा विवाद जारी रहेको क्षेत्र देपसाङ बोल्गी र देमचोकबाट सेना हटाउने विषयमा पनि छलफल हुनेछ।

    त्यस्तै उत्तर कोरियाले हालै मात्र नयाँ अन्तरमहाद्वीपीय​ ब्यालेस्टिक क्षेप्यास्त्र प्रणाली (आईसीबीएम) परीक्षण गरेको अमेरिकाले जनाएको छ । जसलाई अमेरिकाले गम्भीर र भड्काउने खालको भएको जनाएको छ ।

    २ फेबु्रअरी र मार्च ४ मा लन्च गरिएको यो क्षेप्यास्त्रले टोही उपग्रहको विकासमा केन्द्रीत रहेको उल्लेख गरेको छ ।पेन्टागनले यसलाई पूर्ण दुरीको अन्तरद्विपिय लन्चपूर्वको परिक्षणात्मक मात्रै भएको जनाएको छ ।

    न्यूनतम दुरी ५५०० किमी सहित आईसीबीएम अमेरिकासम्म पुग्न सक्छ । यी क्षेत्रप्यास्त्रहरु परमाणु हतियार बोक्न सक्नेगरी तयार पारिएका छन् । बिहीबार पेन्टागनका प्रवक्ता जोन किरबीले उत्तर कोरियाले गरेका २ परीक्षणमा नयाँ अन्तरमहाद्विपिय क्षेप्यास्त्र प्रणालीलाई समावेश गरिएको बताएका छन् ।

    यस अघि आईसीबीएमको रेन्ज र क्षमता कहिले पनि देखाइएको थिएन । तर यो परीक्षण अर्को पूर्ण क्षमताको परीक्षण संचालन गर्नुपूर्व गरिएको किर्बीले बताएका छन् ।अमेरिकाले यी परीक्षणप्रति कडा दुःख व्यक्त गरेको छ ।

    यो संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको उल्लंघन भएको उनले बताए । यो परीक्षणले अनावश्यक तनाव र जोखिम सिर्जना गरेको उनको भनाई छ । दक्षिण कोरिया र जापान दुवैले अमेरिकी विज्ञप्तिको पुष्टि गरेका छन् र प्योङयाङप्रति क्षोभ व्यक्त गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ