• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौं विमानस्थलबाट उड्न तयार सौर्य एयरको जहाजमा जब…….

    1.6K
    SHARES


    काठमाडौं । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ ।

    काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिए ।

    जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या भएन,’ उनले भने जहाज पार्किङ क्षेत्रमा फर्काइएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरु भने आक्रोशित बनेका थिए ।

    सो जहाजमा सवार बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले लेखेका छन्, ‘ दुर्घटनाको मुखबाट बाँचियो, तर सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दु:ख प्रकट गर्दछु, जहाज कन्डिसन चेक नगरी उडाउनु काेशिस गर्नु अपराध होइन ?’

    यसअघि गत पुसमा ५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजर पनि पक्राउ परेका थिए ।

    विराटनगरबाट काठमाण्डुमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी रेखा शाक्य पोखरेललाई पक्राउ गरेको थियो ।

    भद्रपुर विमानस्थलमा जहाजको इन्जिन स्टाट गरिएपछि स्टेशन म्यानेजर प्रकाश पौडेलले उडान नम्बर सौ–७२४ मा सो पैसाको रातो रंगको ब्याग दिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ