• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यस्तो आयो भारतमा चुनावको ताजा मत परिणाम

    892
    SHARES


    काठमाडौँ । भारतका पाँचवटा राज्यमा विधानसभाका लागि भएको मतदानको मतगणना जारी छ। उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, मणिपुर र गोआमा जारी मतगणनाले सत्तारूढ भारतीय जनता पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूमा खुशी ल्याएको छ। प्रमुख प्रतिपक्षी काङ्ग्रेस आईले पनि लज्जाजनक हार बेहोर्ने देखिएको छ।

    उत्तर प्रदेश‚ उत्तराखण्ड‚ पञ्जाव‚ गोवा र मणिपुरमा भएको विधानसभा चुनावमा चार राज्यमा भाजपा र एउटामा आम आदमी पार्टी विजयी भएको हो । उत्तर प्रदेश‚ उत्तराखण्ड‚ गोवा र मणिपुरमा भाजपा विजयी भएको छ भने पञ्जावमा आम आदमी पार्टीले जित हासिल गरेको छ ।

    उत्तर प्रदेशमा रहेको कुल ४०३ सिटमध्ये भाजपाले २७० सिटमा जित निकालेको छ भने समाजवादी पार्टीले १२८ सिट प्राप्त गरेको छ ।

    सन् २०१७ मा उत्तर प्रदेशमा भएको विधान सभा निर्वाचनमा भाजपाले ३२५ सिटमा जित हासिल गरेको थियो भने समाजवादी पार्टीले ५४ सिट प्राप्त गरेको थियो । सरकार बनाउन उत्तर प्रदेशमा २०३ सिट जित्नुपर्ने हुन्छ ।

    यसैगरी उत्तराखण्डमा भाजपा ४८ सिटको जित निकालेको छ । उसलाई पछ्याउँदै कांग्रेसले १८ सिट प्राप्त गरेको छ ।

    सन् २०१७ को निर्वाचनमा उत्तराखण्डमा भाजपाले ५७ सिटमा जित हासिल गरेको थियो भने कांग्रेसले ११ सिट प्राप्त गरेको थियो ।

    सरकार बनाउन उत्तराखण्डमा ३६ सिट जित्नुपर्ने हुन्छ । यसैगरी गोवामा भाजपाले २० सिट प्राप्त गरी विजयी भएको छ । कांग्रेसले भने १२ सिटमा जित हासिल गरेको छ ।

    सन् २०१७ को चुनावमा गोवामा भाजपाले १३ सिटमा जित निकालेको थियो भने कांग्रेसले ३० सिट जितेको थियो । सरकार बनाउनका लागि गोवामा २१ सिट जित्नुपर्ने हुन्छ ।

    पञ्जावमा भने आम आदमी पार्टी (आप) दुई तिहाई सिटका साथ विजयी भएको छ । सन् २०१७ मा २० सिटमा सीमित भएको आप अहिलेको चुनावमा ९२ सिटमा जित निकालेको हो ।

    उसलाई पछ्याउँदै कांग्रेसले १८ सिट प्राप्त गरेको छ । पञ्जावमा यसअघिको निर्वाचनमा कांग्रेसले ७७ सिटमा जित निकालेको थियो । सरकार गठन गर्नका लागि पञ्जावमा ५९ सिटमा जित निकाल्नुपर्ने हुन्छ ।

    योसँगै भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी(आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पारेको छ ।

    त्यस्तै मणिपुरमा पनि भाजपा ३० सिटको जित निकालेको छ । यसअघिको चुनावमा मणिपुरमा भाजपाले २१ सिटमा जित हसिल गरेको थियो । सरकार बनाउनका लागि मणिपुरमा कुलमध्ये ३१ सिट जित्नुपर्ने हुन्छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ