• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बस दुर्घटना अपडेट- मृत्यु भएका १४ मध्ये १२ जनाको सनाखत, नामलिस्ट

    1.2K
    SHARES


    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ना ४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १४ जना मृतकमध्ये समाचार तयार गर्दासम्म १२ जनाको पहिचान खुलेको छ ।

    रामबेनी बजारबाट झापाका दमक जाँदै गरेको बस बिहीबार विहान सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा संखुवासभाको मादी नगरपालिका–६ घर भएकी ३० वर्षीया सीता बिक, ३२ वर्षीया अन्जना कटुवाल, मादी–५ घर भएका ४९ वर्षीय भवानीप्रसाद दाहाल, वर्ष ५६ का श्याम शेर्पा, र वडा नम्बर–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन् ।

    ताप्लेजुङ घर भएकी बर्ष ३१ की समीक्षा योञ्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङको मृत्यु भएको छ । बसका चालक तेह्रथुम घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    मृत्यु हुनेहरुमा मादी नगरपलिका–६ बस्ने वर्ष ५ की दीक्षा कटुवाल, वडा नम्बर–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, वर्ष २८ की सविता कार्की र मादी–५ बस्ने ४८ वर्षीय दीपककुमार दाहाल छन् ।

    मृत्यु हुनेहरुमध्ये २ जना बसका चालक र सहचालक पनि छन् । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया